Technology Khabar १९ बैशाख २०७७, शुक्रबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन मेकर ब्राण्ड भीभोले नयाँ सिरिजमा स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले जी सिरिज अन्तरगत आफ्नो पहिलो स्मार्टफोन जी १ ५जी (Vivo G1 5G)लन्च गर्ने योजनामा छ ।
भीभो जी १ हालै चीनको टेनामा लिस्टेड भएको छ । यसअघि नै यो फोनको बारेमा जानकारीहरु लीक भएका थिए ।
यो फोन हेर्दा करिब करिब भीभो एस६ ५जी जस्तै देखिन्छ ।
भीभो जी १ स्मार्टफोनमा ६.४४ इन्चको फूलएचडी ओएलईडी डिस्प्ले राखिएको छ। यो वाटरड्रप नोच डिजाइनमा आउनेछ । जहाँ ३२ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ ।
त्यसैगरि फोनको पछाडिको भागमा वृत्ताकार रुपमा क्वाड क्यामरा सेटअप रहेको छ । यसको मुख्य क्यामरा ४८ मेगापिक्सेलको छ भने अन्य ८ मेगापिक्सेल, २ मेगापिक्सेल र २ मोगपिक्सेलको डेफ्थ सेन्सर हुनेछ ।
यो फोनको अर्को महत्वपूर्ण पक्ष भनेको यसले सामसंगको चीपसेट प्रयोग गर्नेछ । भीभो जी१ स्मार्टफोन एक्सनोज ९८० चीपसेटका साथ हुने जून ५जी मोडेममा एकिकृत रहनेछ।
फोनमा पावरका लागि ४,५०० एमएएचको ब्याट्री प्याक हुनेछ भने १८ वाटको फास्ट चार्जिङ्ग राखिएको छ । यो फोन एन्ड्रोयड १० ओएसमा आधारित हुनेछ।
भीभोको जी सिरिजमा आउने स्मार्टफोन जी १ को मूल्य करिब ३,००० यूआन हुने अनुमान गरिएको छ । यो स्मार्टफोन यहि मे महिनामा नै लन्च हुनसक्ने बताईएको छ । एजेन्सी
प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार