अनुहारमा मास्क लगाएर नै फेस आईडीमार्फत आईफोन अनलक गर्न सकिने फीचर आउँदै

Technology Khabar १८ बैशाख २०७७, बिहीबार

अनुहारमा मास्क लगाएर नै फेस आईडीमार्फत आईफोन अनलक गर्न सकिने फीचर आउँदै
Classic Tech

कोरोना भाइरस महामारीको कारण मानिसहरूलाई मास्क लगाएर मात्र निस्कन निर्देशन दिइन्छ। यस्तो अवस्थामा, फेस आईडी भएका आईफोन यूजर्सहरुलाई मास्क लगाएर आईफोन अनलक गर्न समस्या भइरहेको छ।

यदि तपाई आईफोन एक्स, आईफोन एक्सआर र आईफोन ११ जस्ता नयाँ आईफोनहरु प्रयोग गर्नुहुन्छ भने सायद तपाईलाई पनि यस बारे पक्कै जानकारी छ । तर कम्पनीले अब मास्क लगाए पनि आईफोनहरू अनलक गर्न अलि सजिलो बनाउँदैछ।

उदाहरण को लागी, तपाईं मास्क लगाएर फेस आईआईडीमार्फत आईफोन अनलक गर्ने प्रयास गर्नुहुन्छ भने यसले तपाईँको अनुहार चिन्दैन् । यस अवस्थामा, फेसआईडीले तपाईंको अनुहार धेरै पटक पहिचान गर्ने कोशिस गर्दछ र तपाईँ त्यसबेलासम्म फोन अनलक गर्न सक्नुहुन्न ।

तर अब एप्पलले यो समस्यालाई सफ्टवेयरमा अपडेटमार्फत समाधान गर्ने भएको छ ।

कम्पनीले यसको लागि आईओएस १३.५ को बीटा भर्सन जारी गरेको छ । जसमा आईफोन यूजर्सले फोन फेसआईडीमार्फत फोन अनलक गर्न नसकेको अवस्थामा स्वत पासवर्ड राख्ने सुबिधा दिन्छ ।

कम्पनीले ग्राहकहरुको समस्यालाई ध्यानमा राखेर यो अपडेट ल्याउन लागेको हो ।

यसमा यदि तपाईँले मास्क लगाएर नै आईफोन अनलक गर्न खोज्दा फेस आईडीले त्यसलाई पहिचान गर्न सकेन भने फोनमा पासवर्ड राख्ने अप्सन आउँछ । जसले गर्दा तपाईँले पटक पटक मास्क खोल्नुपर्दैन भने पासवर्डबाट पनि खोल्नसक्नुहुनेछ ।

एप्पलको आईओएस १३.५ मा यसका साथै कन्ट्याक्ट ट्रेसिङ्ग एपीआई समेत अपडेट हुनेछ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: १८ बैशाख २०७७, बिहीबार

Loading...