एप्पल र गूगलले कन्ट्याक्ट ट्रेसिङ्ग एपको शुरुवाती संस्करण सार्वजनिक गरे

Technology Khabar १८ बैशाख २०७७, बिहीबार

एप्पल र गूगलले कन्ट्याक्ट ट्रेसिङ्ग एपको शुरुवाती संस्करण सार्वजनिक गरे
Classic Tech
Nepal Telecom

एप्पल र गूगलले संयुक्तरुपमा बनाउने भनिएको कन्ट्याक्ट ट्रेसिङ्ग एपीआईको शुरुवाती डेभलपर भर्सन सार्वजनिक गरेका छन् ।

हालै उनीहरुले नोटिफिकेसन एपीआईको पहिलो भर्सन जारी गरेका हुन् । यो डेभलपरलाई ध्यानमा राखेर ल्याईएको हो र यो डेभलपमेन्टको लागि शुरुवाती चरण मात्र हो ।

यसको प्राथमिक उद्धेश्य भनेको डेभलपरहरुबाट प्रतिकृया प्राप्त गर्नु हो जसले यो एपीआई प्रयोग गरेर जनस्वास्थ्य एजेन्सीहरुको लागि नयाँ कन्ट्याक्ट ट्रेसिङ्ग र नोटिफिकेसन एप्स बनाउँछन् ।

गत साता मात्रै एप्पलका सिईओ टिमकुकले एपीआई छिटै आउने बताएका थिए । कम्पनीहरुकाअनुसार अहिले आएको यो एपीआई सिमित र विशेष समूहका डेभलपरहरुका लागि मात्र जारी गरिएको छ ।

यो एउटा परीक्षण रिलिज हो, जसमा डेभलपरहरुले यो एपीआईको निर्माणको लागि आवश्यक प्रतिकृयाहरु र सुझावहरु दिनसक्नेछन जून एप आगामी मध्य मेमा सार्वजनिक हुनेछ । त्यसबेला डेभलपरहरुले सफ्वेयर फीचरहरु डिभाइसमा सार्वजनिकरुपमा उपलब्ध भएका एप्सहरुका साथ प्रयोग गर्नसक्नेछन् । यो आईओएस र गूगल सफ्टवेयर स्टोरहरुमा क्रमशः उपलब्ध हुनेछ ।

एप्पल र गूगलले आगामी शुक्रबार यो एपीआईको बारेमा थप जानकारी र यसको रिलिजको बारेमा बताउने उल्लेख गरेका छन् । यसका साथै यसले व्यवहारीकरुपमा कसरी कामगर्दछ भनेर स्याम्पल कोडहरु पनि देखाउनेछन् ।

एप्पल र गूगलले संयुक्तरुपमा पहिलो पटक अप्रिल १०मा एपीआई र सिस्टम लेभल कन्ट्याक्ट ट्रेसिङ्ग फीचर ल्याउने घोषणा गरेका थिए । एजेन्सी

TK Viber

प्रकाशित: १८ बैशाख २०७७, बिहीबार

Loading...