निम्बसले बिरगन्जमा बिस्तार गर्यो अनलाइन सपिङ सेवा, उत्पादनको दायरा पनि थपियो

Technology Khabar १७ बैशाख २०७७, बुधबार

निम्बसले बिरगन्जमा बिस्तार गर्यो अनलाइन सपिङ सेवा, उत्पादनको दायरा पनि थपियो

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अबस्था निरन्तर रहिरहँदा निम्बस समुहले देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्न विभिन्न उपायहरु प्रयोगमा ल्याउँदै आएको छ।

गत चैत्र ९ बाट निम्बसले आफना ग्राहक वर्गलाइ सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन निम्बसबजार डटकम (Nimbusbazar.com) मार्फत अनलाइन अर्डरहरु लिन सुरु गर्यो । सुरु दिनहरुमा निम्बसले सीमित मात्रामा दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराएको थियो।

निम्बसले आफ्नो सेवालाई काठमाडौभित्र मात्र सीमित नगरी देशका अन्य भागमा पनि बिस्तार गर्ने उद्देश्यका साथ आफनो सेवा देशकै मुख्य ब्यापारिक केन्द्र बिरगन्जमा पनि बिस्तार गरिसकेको छ । यस्ता सेवालाई सहज र समयानुकुल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेहरुबाट अनलाइन भुक्तानी पनि प्रयोगमा ल्याउन थालेको जानकारी दिएको छ।

निम्बसले सधैं आफ्ना सेवाग्राहीहरुको सहजतालाई प्राथमिकतामा राखेको छ र सुरुवातदेखिनै न्युनतम अर्डर अनिवार्य गर्ने गरेको छैन । यसले ग्राहकहरुलाई आफूलाई आवश्यक पर्ने सामान मात्रै किन्ने छुट हुन्छ ।

निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडियाले भने, ‘सेवाग्राहीहरुका लागि हामी सबै प्रक्रिया सहज बनाउन चाहन्छौँ र हाम्रो सेवा थप स्तरिय तथा व्यापक बनाउन हामी निरन्तर प्रयत्नशील छौं ।’

कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न कम्पनीले आफ्ना डेलिभरीका कर्मचारीसहित अन्य कर्मचारीहरुको सुरक्षाको सुनिश्चितता गर्न सबै किसिमका कदमहरु चालेको बताएको छ ।

वितरण लगायतका सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीहरुलाई समेत व्यक्तिगत स्वास्थ्य, स्वस्थकर अभ्यास र बाराम्बार साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने बिषयमा निरन्तर प्रशिक्षण दिँदैं आएको छ ।

त्यस्तै, कर्मचारीहरुलाई मास्क, पिपिई ,पन्जा, सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै डेलिभरीको समयमा आवश्यक सामाजिक दुरी कायम गर्न सिकाइएको छ । साथै कम्पनीले आफ्ना सबै कर्मचारीहरुलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्सुरेन्स प्रदान गरेको कम्पनीले जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: १७ बैशाख २०७७, बुधबार

ताजा समाचार