भायनेटका घरेलु ग्राहकले ६० प्रतिशत थप इन्टरनेट डाटा प्राप्त गर्ने, ‘अल्ट्राबूस्ट’ फीचर समेत उपलब्ध

Technology Khabar १६ बैशाख २०७७, मंगलवार

भायनेटका घरेलु ग्राहकले ६० प्रतिशत थप इन्टरनेट डाटा प्राप्त गर्ने, ‘अल्ट्राबूस्ट’ फीचर समेत उपलब्ध
फाइल फोटो । २०७६ मा आयोजना भएको क्यान इन्फोटेकमा राखिएको भायनेट कम्युनिकेशन्स प्रालिको स्टलमा ग्राहकहरु ।

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन्स प्रालिले आफ्ना ग्राहकहरुको इन्टरनेट प्याकेजलाई स्वत अपग्रेड गरिदिएको छ। कम्पनीले लकडाउनको समयमा इन्टरनेट प्रयोग र आवश्यकतामा उच्च वृद्धि भएको देखिएको भन्दै कम्पनीले ‘फेयर यूजेज कोटा’ अन्तरगत ग्राहकहरुको इन्टरनेट प्याकेजमा उपलब्ध डाटालाई ६० प्रतिशतसम्म वृद्धि गरिदिएको हो।

कम्पनीले तीन लिमिट लेभलअनुसार कोटामा वृद्धि गरेको छ । जसअन्तरगत पहिलो लेबलमा ६० प्रतिशतसम्म इन्टनरेट वृद्धि गरेको छ भने दोस्रोमा ३० प्रतिशत र तेस्रोमा १० प्रतिशतको वृद्धि गरिएको छ।

कम्पनीकाअनुसार हाल इन्टरनेटको प्रयोग बढिरहेको बेला कम प्रयोग गर्ने र अधिकतम प्रयोग गर्ने दुबैलाई सहज हुनेगरि नयाँ कोटा निर्धारण गरिएको हो ।

‘अहिले सबैले इन्टरनेट प्रयोग गरिरहेको बेला कसैले सस्तो प्याकेज कम मूल्यमा प्रयोग गर्ने गरेको छ भनेपनि उनले अब ६० प्रतिशतसम्मको अधिक इन्टरनेटको कोटा प्राप्त गर्नेछ, जसले गर्दा सबै ग्राहकहरुलाई समानरुपमा प्रयोग गर्ने अवसर हुन्छ,’ कम्पनीका एक अधिकारीले टेक्नोलोजीखबरसँग भने।

नयाँ नीतिअनुसार अब सस्तो मूल्यमा सेवा लिईरहेका ग्राहकहरुको कोटामा ६० प्रतिशतसम्मको वृद्धि गरिएको छ ।

कम्पनीकाअनुसार यो नयाँ नीति २५ एमबिपिएस, ३०, ३५, ४० र ६० एमबिपिएसको अनलिमिटेड प्याकेजमा लागू गरिएको छ । जसअनुसार अधिकतम अनलिमिटेड प्याकेज ६० एमबिपिएसमा थप ३३ प्रतिशत कोटा बढाईएको छ भने सबैभन्दा धेरै २५ एमबिपिएस अनलिमिटेड प्याकेज लिने ग्राहकहरुको कोटा ६० प्रतिशतसम्म वृद्धि भएको छ ।

उदाहरणको लागि २५ एमबिपिएसको अनलिमिटेड प्याकेज लिने ग्राहकहरुलाई ४ वटा तहमा विभाजन गरिएको छ । जसमा पहिलो तहमा कुनै स्पीड लिमिट नतोकिएकोले ८०० जीबीसम्म मासिक डाटा प्रयोग गर्न सक्दछ भने पहिलो तहमा ९०० जीबीसम्म डाटा खपत गर्ने ग्राहकहरुको इन्टरनेट स्पीड १५ एमबिपिएससम्म निर्धारण गरिएको छ।

त्यसैगरि दोस्रो तहमा १ हजार जीबीसम्मको डाटा खपत गर्ने ग्राहकको स्पीड ८ एमबिपिएससम्म निर्धारण गरिएको छ भने १ हजार जीबी भन्दा बढि मासिक डाटा खपत गर्ने ग्राहकहरुको स्पीडलाई ४ एमबिपिएससम्म नियन्त्रित गरिएको छ ।

सोहि प्याकेजका ग्राहकहरुले अब तोकिएको डाटा लिमिटमा अतिरिक्त ६० प्रतिशतसम्म अर्थात ३०० जीबीसम्म डाटा प्रयोग गर्नसक्नेछन् ।

भायनेटको नयाँ नीतिअनुसार ग्राहकहरुले आफ्नो मासिक डाटा खपत सकिएको बेलामा भने उनीहरुले अतिरिक्त डाटा तिब्र गतिको इन्टरनेटका साथ खरिद गर्नसक्नेछन् ।

यो फीचरलाई कम्पनीले ‘अल्ट्राबूस्ट’ नाम दिएको छ जसअन्तरगत ग्राहकले २५ जीबी डाटा १०० एमबिपिएसको स्पीडमा प्रयोग गर्न केबल १९८ रुपैयाँ मात्र तिरे पुग्छ। यसको लागि ग्राहकहरुले भायनेटको कस्टमर पोर्टल वा मोबाइल एपमा भएको अल्ट्राबूस्ट मोडलाई प्रयोग गर्नसक्नेछन्।

कम्पनीले यो सुबिधा अनलिमिटेड प्याकेज लिने होम यूजर्सका लागि मात्र उपलब्ध गराएको जनाएको छ ।

Internet Provider

 

प्रकाशित: १६ बैशाख २०७७, मंगलवार

Comments are closed.

Loading...