नोकिया र एयरटेलबिच भारतमा ४जी र ५जी नेटवर्क बिस्तार गर्न १०० करोड डलरको सम्झौता

Technology Khabar १६ बैशाख २०७७, मंगलवार

नोकिया र एयरटेलबिच भारतमा ४जी र ५जी नेटवर्क बिस्तार गर्न १०० करोड डलरको सम्झौता

काठमाडौं ।

भारतीय टेलिकम अपरेटर एयरटेलले आफ्नो ४जी नेटवर्कलाई ससक्त बनाउन र ५जी प्रविधिलाई हासिल गर्नका लागि नोकियासँग सम्झौता गरेको छ ।

एयरटेलले नोकियासँग ५जी प्रविधि बिस्तार र निर्माणका लागि १०० करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

हालै आएका रिपोर्टहरुकाअनुसार यो डिलमार्फत एयरटेलको ४जी र ५जी नेटवर्कलाई ससक्त बनाईनेछ । एयरटेल नेटवर्कमा नोकिया सबैभन्दा ठूलो ४जी भेण्डर हो । आगामी दिनहरुमा नयाँ सम्झौताअन्तरगत नोकियाले एयरटेलको नेटवर्कमा ५जी कनेक्टिभिटीका लागि ३ लाख रेडियो यूनिट्स जडान गर्नेछ ।

नोकियाले जारी गरेको विज्ञप्तिकाअनुसार भारत तेस्रो ठूलो टेलिकम कम्पनी भारती एयरटेलका साथमा भएको यो डिलको अन्तरगत उपकरणहरु र सेवाहरु प्रदान गर्नेछ ।

नोकियाका सिईओ राजीव सूरीले विश्वको सबैभन्दा ठूलो टेलिकम बजारमा कनेक्टिभिटीका भविश्यका लागि एउटा महत्वपूर्ण सम्झौता भएको र यसले भारतमा नोकियाको स्थितिलाई थप मजबुत गर्ने बताए । ‘हामी मिलेर ५जी कनेक्टिभिटलिाई उत्कृष्ट बनाउन का मगर्नेछौं । भारतको ९ सर्कलमा ३ लाख रेडियो नेटवर्क यूनिट लगाईनेछ,’ उनले भने ।

तर भारतमा तत्काल ५जी प्रविधि संचालन हुने अवस्था भने देखिएको छैन् ।

भारतको सुप्रिम कोर्टले एजीआर विवादको मुद्धामा टेलिकम कम्पनीहरुको विरुद्ध दिएको फैसलाले ५जी स्पेक्ट्रम लिलामी प्रकृयालाई कठिन बनाईदिएको छ ।

Sajilo Visa

प्रकाशित: १६ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार