Technology Khabar १५ बैशाख २०७७, सोमबार
काठमाडौं ।
साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सामाजिक सञ्जालहरुमा धार्मिक आस्थामाथि प्रहार गरेको र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको आरोपमा सरकारी वकिलको कार्यालयले आइतबार पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको थियो।
यसअघि नेपाल प्रहरीको साइबर ब्यूरोले गएको बैशाख १० गते साइबर अपराधको आरोपमा उनलाई पक्राउ गरेको थियो ।
सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गराउँदै ५ वर्षसम्मको कैद सजाय मागदावी गरेपनि अदालतले सोमबार उनलाई छोड्न आदेश दिएको हो।
यो पनि हेर्नुस्-
प्रकाशित: १५ बैशाख २०७७, सोमबार