अब वाईफाई सिक्स होईन् वाईफाई ७ आउँदै, ३० गीगाबाईट प्रति सेकेण्डमा डाटा ट्रान्सफर गर्ने

Technology Khabar १५ बैशाख २०७७, सोमबार

अब वाईफाई सिक्स होईन् वाईफाई ७ आउँदै, ३० गीगाबाईट प्रति सेकेण्डमा डाटा ट्रान्सफर गर्ने

वाईफाई ६ अझैपनि शुरुवाती चरणमा नै छ । र विकसित मुलुकहरुले त्यसलाई प्रयोगमा ल्याउनेतयारी गरिरहेका छन् । वाईफाई सिक्स प्रोटोकल अझैपनि सिमित नयाँ राउटरहरु र टर्मिनल प्रडक्टले मात्र सपोर्ट गरिरहेका छन् र यसलाई व्यवसायीक हुन अझै समय लाग्ने अनुमान गरिएको छ ।

वाईफाई सिक्स व्यवसायीक हुँदै गर्दा त्यो भन्दा पनि तिब्रगति र नयाँ पुस्ताको वाईफाई यसअघि नै सो मार्गमा तयार भएको छ । दिनदिनै टेक्नोलोजी परिवर्तन भईरहेको छ जसले गर्दा वाईफाई ७ पनि केहि वर्षमा नै आउने तयारीमा छ ।

यसअघि नै आएका रिपोर्टहरुका अनुसार सैद्धान्तिकरुपमा वाईफाई ७ ले ३० गीगाबाईट प्रति सेकेण्डको दरमा डाटाहरु ट्रान्सफर गर्न सक्दछ । जून अहिले आएको वाईफाई ६ भन्दा तीन गुणा अधिक हो । अहिलेको वाईफाई ६ (८०२.११ एएक्स) ले ९.६ जीबीपिएसको दरमा डाटा आदानप्रदान गर्न सक्दछ ।

सामान्यरुपमा अहिले प्रयोग भईरहेको वाईफाई ५(८०२.११एसी) वायरलेस ट्रान्समिसन प्रोटोकलको तुरनामा नयाँ वाईफाई ६ वायरलेस ४० गुणा तिब्र गतिको छ भने यसका साथमा यसले निकै थोरै पावर खपत गर्दछ । वाईफाई ६ प्रोटोकल प्रयोग गरिरहेको राउटरले एकै समयमा धेरै डिभाइसहरु समेत सपोर्ट गर्दछ ।

यसका अतिरिक्त वाईफाई ६ ले डब्लूपी३ सेक्यूरिटी प्रोटोकल पनि सपोर्ट गर्दछ, जसले ह्याकरहरुलाई समेत कठिन पार्नेछ । वाईफाईलाई अहिलेको समयमा तिब्रगतिको र उत्कृष्ट मानिएको छ ।

तर वाईफाई ७ पनि आफ्नो बाटोमा रहेको छ । जहाँ ८०२.११ स्ट्याण्डर्डअन्तरगत विकासको क्रममा रहेको छ । यो प्रविधि पनि छिटै आउने अनुमान गरिएको छ ।

वाईफाई ६ ले एमयू एमआईएमओ टेक्नोलोजीको शुरुवात गरेको थियो जसले एकै समयमा ८ डाटा स्ट्रीम गर्न सक्दछ । यहि विषयलाई ध्यान दिँदा वाईफाई ७ ले भने सीएमयू एमआईएमओ टेक्नोलोजी ल्याउने छ । यसले १६ डाटा स्ट्रीम्स, ८ लेन, १६ लेन र प्रोपर इन्टरस्टेलर हाईवे लगायत सपोर्ट गर्नेछ ।

अहिलेको परम्परागत २.४ गीगाहर्ज र ५गीगाहर्ज ब्याण्डहरु बाहेक वाईफाई ७ ले ६गीगाहर्ज फ्रिक्वेन्सी ब्याण्डपनि सपोर्ट गर्नेछ । यी तीनवटै ब्याण्डहरु एकैपटक समानान्तररुपमा काम गर्न सक्दछन् । एजेन्सीका साथ

प्रकाशित: १५ बैशाख २०७७, सोमबार

Comments are closed.

Loading...