Technology Khabar १५ बैशाख २०७७, सोमबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा सामसङको भन्दा धैरै स्मार्टफोन आपूर्ति गर्न सफल भएको छ ।
भीभोले गएको त्रैमासिकमा पहिलो पटक भारतीय बजारमा सामसंगलाई पछाडि पारेको हालैको क्यानालाइजको रिपोर्टले देखाएको छ ।
भीभोको भेन्डरहरुलाई गरिने बिक्री वार्षिकरुपमा करिब दोब्बरले वृद्धि हुँदै ६७ लाख यूनिट पुगेको छ । जून भारतीय बजारको करिब २० प्रतिशत हुन आउँछ।
कम्पनीले शाओमीको १ करोड ३ लाख यूनिटसहित ३१ प्रतिशत बजार हिस्सा पछि आफूलाई राख्न सफल भएको छ।
सो अवधिमा सामसंगको आपूर्ति भने करिब १४ प्रतिशतले कम हुँदै ६३ लाख यूनिटमा झरेको छ । यो तथ्यांकसँगै सामसंग भारतीय बजारमा रियलमी र ओप्पोभन्दा अगाडि रहेर तेस्रो ठूलो ब्राण्ड भएको छ।
भारतमा समग्र बजार हेर्दा भने वार्षिकरुपमा १२ प्रतिशतको वृद्धि गएको त्रैमासमा देखिएको छ । जबकी भारतमा गएको मार्च अन्तिदेखि लकडाउन शुरु भएको थियो जून अझै जारीछ।
तर क्यानालाइजका विश्लेषककाअनुसार भीभोको यो बिजयी भने निकै दुखद रहेको छ। कम्पनी भारतमा आयोजना हुने इण्डियन प्रिमियर लीग क्रिकेटेका प्रमुख स्पोन्सर हो । यसको लोकप्रियताले गर्दा कम्पनीले नयाँ सिजन शुरु हुने तयारीमा भीभोले ठूलो मात्रामा आपूर्ति गरेर स्टक राखेको थियो ।
तर आईपीएस सिजन पछाडि सरिरहँदा कम्पनीलाई आफूले राखेको बिक्री लक्ष्य हासिल गर्न निकै कठिन भएको छ भने अर्को तर्फ स्टकमा ठूलो रकम लगानी गरेको छ । एजेन्सी
प्रकाशित: १५ बैशाख २०७७, सोमबार