विश्वकै सबैभन्दा धेरै रकम लिने प्रमुख कार्यकारी अधिकृत बने अल्फाबेट इंकका सुन्दर पिचाई

Technology Khabar १४ बैशाख २०७७, आईतवार

विश्वकै सबैभन्दा धेरै रकम लिने प्रमुख कार्यकारी अधिकृत बने अल्फाबेट इंकका सुन्दर पिचाई

काठमाडौं ।

अल्फाबेट इंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई विश्वमै सबैभन्दा धेरै तलब खाने सिईओ भएका छन् । हालै कम्पनीले सन् २०१९ मा २ करोड ८१ लाख अमेरिकी डलर कम्पेनसेसनको रुपमा उनलाई दिईएको जानकारी दिएको छ।

अल्फाबेटले हालै नियमनकारी निकायलाई पेश गरेको बिबरणअनुसार पिचाईलाई प्रमुखरुपमा स्टक अवार्डको रुपमा सो रकम दिईएको हो । केहि रकम अल्फाबेटको एस एण्ड पी १०० इण्डेक्समा अन्य कम्पनीहरुको तुलनामा हुने स्टक रिटर्नको आधारमा भुक्तानी गर्ने गरिन्छ । यसको अर्थ यो रकम निकै सानो वा निकै ठूलो मात्रामा हुनसक्नेछ ।

कम्पनीले दर्ता गरेको अनुमानित बिबरणअनुसार सन् २०१९ मा पिचाईको वार्षिक तलब ६ लाख ५० हजार अमेरिकी डलर थियो । कम्पनीले सो रकम सन् २०२० मा २० लाख डलरसम्म पुग्ने बताएको छ ।

अल्फाबेटका सिईओको तलब कम्पनीका कर्मचारीहरुको औसत तलबको तुलनामा १,०८५ गुणा अधिक हो ।

पिचाईलाई गत वर्ष अल्फाबेटका संस्थापकद्धय ल्यारी पेज र सगेई ब्रिनले कम्पनी छोडपछि उनलाई सिईओ बनाईएको थियो । उनी हाल अल्फाबेटअन्तरगतका सम्पूर्ण कम्पनीहरुको नेतृत्व गर्दछन् ।
पिचाईले यसअघि नै यो वर्ष कुनैपनि नयाँ भर्ना नगर्ने र कुनै लगानी नगर्ने बताएका थिए । ब्लूमबर्ग

easy care

प्रकाशित: १४ बैशाख २०७७, आईतवार