६५ औं वर्ष प्रवेशको अवसरमा नेपाल राष्ट्र बैंकको नयाँ वेबसाइट सार्वजनिक

Technology Khabar १४ बैशाख २०७७, आईतवार

६५ औं वर्ष प्रवेशको अवसरमा नेपाल राष्ट्र बैंकको नयाँ वेबसाइट सार्वजनिक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ वेबसाइट लन्च गरेको छ । केन्द्रिय बैंकले बैशाख १४ गते बाट ६५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्नो नयाँ वेवसाइट लञ्च गरेको हो ।

पुरानो वेवसाइट प्रयोगकर्तालाई उपयोग गर्न असहज भएको कारणले नयाँ साइट बनाएको हो । जुन आधुनिक र सूचना प्रविधिमैत्री रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नयाँ साइटमा होम पेजमा नै विदेशी मुद्रा बिनिमय, ब्याजदर, विभिन्न प्रतिवेदनहरुलगायतलाई छुट्टाछुट्टै राखिएको छ ।

पुरानो वेबसाइटमा गभर्नरको फोटो र उनको गतिबिधिलाई होमपेजमा प्राथमिकता दिने गरिएकोमा हाल नयाँ वेबपेजमा भने गभर्नरको बारेमा भित्रि पेजमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय राष्ट्र बैंकको वेबसाइट नेपाली भाषामा भने उपलब्ध छैन् ।

६५ औं वर्ष प्रवेशको अवसरमा बैंकले मुलुकको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर, स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय क्षेत्रको स्थाईत्व कायम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

easy care

प्रकाशित: १४ बैशाख २०७७, आईतवार

ताजा समाचार