भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकमा एप्पलको आधिकारीक एकाउन्ट

Technology Khabar १३ बैशाख २०७७, शनिबार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकमा एप्पलको आधिकारीक एकाउन्ट

काठमाडौं ।

टेक कम्पनी एप्पलले सर्ट भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकमा आफ्नो आधिकारीक एकाउन्ट बनाएको छ । आईफोन मेकर कम्पनीले अफिसयल टिकटक एकाउन्ट एटदिरेट एप्पल(@Apple)को नामबाट एकाउन्ट खोलेको छ ।

सोशल मिडिया नेटवर्कको रुपमा आएको टिकटकमा एप्पलका हालसम्म करिब १४ हजार फलोवर्स भईसकेका छन् । टिकटकमा एप्पलको एकाउन्ट नयाँ हो भने कम्पनीले अहिलेसम्म बायो पनि शेयर गरेको छैन् ।

एप्पलले हालसम्म आफ्नो टिकटक एकाउन्टबाट कुनैपनि भिडियो वा ईमेज शेयर गरेको छैन् । त्यसैगरि कम्पनीले आफ्नो एकाउन्टबाट कस्तो भिडियो शेयर गर्नेछ भन्ने जानकारी छैन् ।

संभवत कम्पनीले टिकटक एकाउन्टबाट आफ्ना आईफोन, आईप्याड, म्याक बूकलगायत डिभाइसको क्याम्पेनिङ्ग गर्नेछ ।

एप्पलको बारेमा जानकारी राख्ने ९टू५म्याकले टिकटक एकाउन्टलाई एप्पलको ट्विटर बिजनेस एकाउन्टको जस्तै प्रयोग गर्ने उल्लेख गरेको छ । त्यसैगरि यो टिकटक एकाउन्ट विज्ञापन अभियानको एक भागको रुपमा हुनेछ । यसलाई हाल एप्पलको इन्स्टाग्राम एकाउन्टको जस्तै प्रयोग गर्नेछ ।

टिकटकमा हाल ८० करोड सक्रिय यूजर्सहरु रहेका छन् ।

easy care

प्रकाशित: १३ बैशाख २०७७, शनिबार