Technology Khabar १३ बैशाख २०७७, शनिबार
काठमाडौं ।
वाईफाईलाई थप बिस्तार गर्ने क्रममा यहि साता अमेरिकाको फेडरल कम्युनिकेशन्स कमिसन(एफसिसि)ले ६ गीगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड खुलागर्न भोटमार्फत पास गरेको छ ।
सिक्स गीगाहर्ज फ्रिक्वेन्सी ब्याण्डअन्तरगत ५.९२५गीगाहर्जदेखि ७.१२५गीगाहर्जको फ्रिक्वेन्सी लाइसेन्स नै नलिई प्रयोग गर्न सकिनेगरि खुला गर्नेछ । यो फ्रिक्वेन्सी ब्याण्ड इन्डोर इक्विपमेन्ट लिमिटेड लो पावर राउटरहरु र इन्टेलिजेन्स हार्डवेयरलगायतमा प्रयोग हुनेछ ।
यसका साथै बाहिरीरुपमा प्रयोग गर्नका लागि सोहि पावर लेभलसहितको ८५० मेगाहर्ज ब्याण्ड रहेको छ ।
यसअघि देखि नै ६गीगाहर्जले मूख्यगरि वाईफाई ६ई स्ट्याण्डर्डलाई सपोर्ट गर्ने बताईएको छ । यो अहिलेको स्याण्डर्डभन्दा २.५ गुणा तिब्रगतिको हुनेछ । सोहि समयमा वाईफाई ६ईको अधिकतम ब्याण्डविथ १६०मेगाहर्ज रहेको छ ।
आगामी दिनमा वाईफाई ७ का साथमा ब्याण्डविथलाई ३२० मेगाहर्जसम्म अपग्रेड गर्न सकिनेछ ।
६गीगाहर्ज ब्याण्डमा आगामी दिनमा वायरलेस भीआर तथा एआर उपकरणहरु प्रयोग गर्नका लागि उपयोगी हुनेछ ।
यसका अतिरिक्त बाहिर प्रयोग गरिने सेलुलर नेटवर्कका बिभिन्न ब्याकहोल प्वाइन्टमा आउने ६गीगाहर्ज इन्टरफेसेन्सलाई समाधान गर्न एफसिसिले आउटडोर उपकरणहरुले अटोमेटिक फ्रिक्वेन्सी कोर्डिनेसन सिस्टम पालना गर्नुपर्ने बताएको छ । यो सिस्टम संयुक्तरुपमा एप्पल, गूगल, माइक्रोसफ्ट, इन्टेल र क्वालकमले विकास गरेका हुन् ।
एक रिपोर्टअनुसार ६गीगाहर्ज वाईफाईले आगामी ५ वर्षमा १८० अर्ब डलर आम्दानी वृद्धि गर्नेछ । एजेन्सीका साथ
प्रकाशित: १३ बैशाख २०७७, शनिबार