ह्वावेको एप ग्यालरीमा ‘हियर वीगो म्याप्स’ एप डाउनलोडका लागि उपलब्ध, गूगल म्याप्सको विकल्प

Technology Khabar १३ बैशाख २०७७, शनिबार

ह्वावेको एप ग्यालरीमा ‘हियर वीगो म्याप्स’ एप डाउनलोडका लागि उपलब्ध, गूगल म्याप्सको विकल्प

काठमाडौं ।

ह्वावे कम्पनीले आफ्ना स्मार्टफोनहरु र अन्य डिभाइसहरुका लागि गूगल मोबाइल सर्भिस गूमाएको करिब १ वर्ष भईसकेको छ । यहि बिचमा कम्पनीले आफ्नै एप ग्यालरी स्टोर लन्च गरेको छ।

कम्पनीले विशेषगरि गूगलको म्याप्स प्रयोग नगर्न पाउँदा निकै चिन्तित देखिएको थियो । तर अब भने कम्पनीले त्यसको विकल्पको रुपमा वीगो म्याप्स हासिल गरेको छ।

अब ह्वावेको एप ग्यालरी स्टोरमा यसअघि हियर म्याप्स भनेर चिनिने हियर वीगो म्याप्स डाउनलोड गर्न सकिने गरि उपलब्ध भएको छ ।

यो एपले पुरै हिँडाई, सार्वजनिक यातायात, बाईक, र ड्राईभिङ्ग निर्देशनहरु पूर्णरुपमा उपलब्ध गराएको छ भने यो म्याप अफलाइनमा पनि प्रयोग गर्न सकिनेछ । यो एप १०० भन्दा बढि देशहरुका १३ सय शहरहरुमा काम गर्दछ ।

यदि तपाईँ एप ग्यालरीसहित ह्वावे वा अनर डिभाइस प्रयोग गर्नुहुन्छ भने तपाईँले हियर वीगो म्याप्स डाउनलोड गर्न सक्नुहुनेछ ।

पछिल्लो दिनमा ह्वावेको ईकोसिस्टममा थप गुणस्तरिय एप्स आउने क्रम बढेको देखिन्छ र आगामी दिनमा अझ थप एप्स आउने अनुमान गरिएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: १३ बैशाख २०७७, शनिबार