एप्पल आईफोनको ईमेल एपमा गंभिर सूरक्षा जोखिम, ह्याकरहरुले सजिलै आक्रमण गर्न सक्ने

Technology Khabar १२ बैशाख २०७७, शुक्रबार

एप्पल आईफोनको ईमेल एपमा गंभिर सूरक्षा जोखिम, ह्याकरहरुले सजिलै आक्रमण गर्न सक्ने

काठमाडौं ।

एप्पलको मोबाइल अपरेटिङ्ग सिस्टममा गंभिर सुरक्षा कमजोरी भेटिएको छ, जसले करोडौं यूजर्स ह्याकिङको जोखिममा रहेका छन् । हालै एप्पलले एउटा बग फिक्स गर्ने योजना गरिरहेको छ जसमा एक सुरक्षा फर्मले भनेको छ कि बगको सहायताले ह्याकर्सले प्रयोगकर्ताहरूको डाटा चोरी गरेका छन्।

यस बगको साथ, ह्याकरहरूले करीव ५० करोड प्रयोगकर्ताहरूको डाटामा प्रवेश गरेका थिए ।

भर्खरै, एप्पलको बग खुलासा भएको छ जसमार्फत ह्याकरहरूले आईफोन प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा चोरी गरिरहेका थिए। साइबर सुरक्षा फर्म जेकओप्स(ZecOps)काअनुसार यस साइबर हमलामा करीव ५० करोड प्रयोगकर्ताको डाटा चोरी भएको छ। यस साइबर आक्रमणमा एप्पल ईमेल एप प्रयोग भएको थियो।

जेकओप्सका चीफ एक्जीक्यूटिव जूक एबराहमले गत बर्ष एक ग्राहकसँग भएको एक प्रमुख साइबर हमलाको अनुसन्धान गर्दै थिए त्यसबेलामा उनले आईफोन र आईप्याडमा यो साइबर आक्रमण पत्ता लगाएका थिए । ह्याकिङको धेरै केसहरू यस बगमार्फत गरिएको उनको विश्वास छ।

ह्याकर्सले डिभाइसमा भाइरस युक्त ईमेल पठाउने गरेको र त्यो ईमेल खोल्दा भाइरस कोड राख्ने गरिएको थियो । यी कोडहरुमार्फत यूजर्सको मेसेजहरुलाई परिवर्तन गरिन्थ्यो वा बदलिदिन्थ्यो ।

जेकओप्सकाअनुसार यो बगमार्फत कम्तिमा ६ जना हाई प्रोफाईल भएका व्यक्तिहरुलाई आक्रमण गरिएको थियो।

मोबाइल सेक्यूरिटी फर्मले गएको मार्चमा नै एप्पललाई सो बारेमा बताएको थियो भने टेक जायन्टले आगामी सफ्टवेयर अपडेटमा त्यसलाई समाधान गर्ने बताएको छ । यो बगको बारेमा एप्पललाई यसअघि जानकारी थिएन् ।

यस दूरुपयोगमा ह्याकरहरुले खाली मेसेज आईफोन वा आईप्याड यूजर्सको मेल एकाउन्टमा पठाउने गर्दथे । जून ईमेल एप आईओएस डिभाइसमा हुने गर्दछ । जतिबेला सो ईमेल खोलिन्थ्यो त्यसले एपलाई क्र्यास गराउँथ्यो र यूजर्सलाई रिबुट गर्न बाध्य पार्दथ्यो । जतिबेला रिबुट हुन्थ्यो त्यतिबेला ह्याकरहरुले डिभाइसमा भएो जानकारीहरुमा पहुँच पाउँथे ।

यो आक्रमण अन्य ह्याकिङ्ग भन्दा बिल्कुल फरक थियो । जसमा कुनै अतिरिक्त सफ्टवेयर डाउनलोड गर्नु आवश्यक पर्दैन र कुनै मालवेयर भएको वेबसाइट पनि भिजिट गर्नुपर्दैन् ।

अनुसन्धानकर्ताहरुका अनुसार यो बगले अहिलेको आईओएसमा पनि जोखिम बनाएको छ ।

जेकओप्सले विभिन्न देशका हाई प्रोफाईल पर्सनहरुलाई सोहि बगमार्फत आक्रमण गरिएको थियो ।

एप्पलका अधिकांश प्रडक्टहरु अन्य मोबाइल डिभाइसको भन्दा बढि सुरक्षित मानिन्छ । तर अहिलेको यो घट्नापछि नदेखिएका जोखिमहरु पत्ता लगाउन कति कठिन छ भन्ने देखाएको छ । एजेन्सी

easy care

प्रकाशित: १२ बैशाख २०७७, शुक्रबार