भिडियो कन्फ्रेन्सिङ्ग एप जूमको अपडेट ‘जूम ५.०’ आयो, प्राइभेसी र सेक्यूरिटीका लागि नयाँ फीचर

Technology Khabar ११ बैशाख २०७७, बिहीबार

भिडियो कन्फ्रेन्सिङ्ग एप जूमको अपडेट ‘जूम ५.०’ आयो, प्राइभेसी र सेक्यूरिटीका लागि नयाँ फीचर
Classic Tech

सेक्यूरिटी र प्राइभेसीको विषयमा विवादमा रहेको भिडियो कन्फ्रेन्सिङ्ग एप्लिकेसन जूमले हालै नयाँ अपडेट ल्याएको छ ।

कम्पनीले सेक्यूरिटी र प्राइभेसीलाई ध्यानमा राखेर नयाँ जूम ५.० भर्सन अपडेटको घोषणा गरेको हो । यो अपडेट कम्पनीको ९० दिनको सेक्यूरिटी प्लानअन्तरगत आएको हो । जूमले नयाँ भर्सन अपडेट बारे हालै ब्लगमार्फत जानकारी दिएको छ ।

नयाँ अपडेट जूम ५.० मा एनक्रिप्सनलाई समावेश गरिएको छ जसले भिडियो तथा अडियो कलका लागि यसलाई सुरक्षित र गोप्य बनाउन सकियोस् । यसअघि जूममा भएको एनक्रिप्सनलाई नक्कली र फेक एनक्रिप्सन भएको पत्ता लागेको थियो ।

जूम ५.० अपडेटको प्राथमिक उद्धेश्य एईएस २५६ बीट जीसीएम एन्क्रिप्सनका लागि सपोर्ट जोड्नु हो । यसको अर्थ अब जूमले २५६ बीट कीका साथमा डाटालाई एनक्रिप्ट गर्नेछ जसले जूम बम्बिङ्गलाई रोक्न सकियोस् ।

साइबर अपराधिहरु वा अन्य अनावश्यक मानिसले जूम भिडियो वा अडियो कन्फ्रेन्समा ह्याकिङ्गको माध्यमबाट आपत्तिजनक कन्टेन्टहरु पोस्ट गर्नुलाई जूम बम्बिङ्ग भनिन्छ । यस्तो काम अधिकांश ह्याकरहरुले स्क्रिन शेयरिंग फीचर प्रयोग गरेर गर्ने गर्दछन् ।

यसअघि नै जूमका सिईओ एरिकले आगामी ९० दिन भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्मको सुरक्षा र गोपनियताका लागि ध्यान दिने बताएका थिए ।
जूमको नयाँ एनक्रिप्सन जूम मिटिङ्ग, जूम भिडियो वेबिनार जूम फोनका लागि उपलब्ध हुनेछ ।

रिपोर्ट यूजर

जूम ५.० भर्सनमा रिपोर्ट यूजर बटन राखिएको छ । यस बटनमार्फत यूजरले जूम बम्बिङ्गलगायतका अनावश्यक गतिबिधीहरुको बारेमा रिपोर्ट गर्न सक्नेछन् ।

डिफल्ट मिटिङ्ग पासवर्ड

अब मिटिङ्गहरुको पासवर्डलाई डिफल्ट मोडमा उपलब्ध गराईएको छ । यसको अर्थ जूम कलको लागि कुनै गेस्ट पासवर्ड जेनेरेट गर्ने तरीका सिधै डिफल्ट रुपमा आउनेछ । यसमा क्लाउड रेकडिङ्गको लागि समेत छुट्टै पासवर्ड आवश्यक पर्नेछ र त्यसलाई एडमिनले कसरी राख्ने भन्ने बनाउन सक्नेछ ।

 

नयाँ अपडटेमा मिटिङ्ग एडमिनले आफ्नो मिटिङ्ग हुन डाटा सेन्टरमा होस्ट गर्न चाहेको हो भन्ने समेत छनौट गर्न सक्नेछ ।
त्यसैगरि नयाँ अपडेटमा होस्टलाई थप अधिकार दिईएको छ भने मिटिङ्गमा सहभागी हुनुअधि कुनै सहभागीलाई वेटिङ्ग रुपमा डिफल्टमा राखिनेछ ।
जूम ५.० अपडेटमा मिटिङ्ग आईडी र ईन्भाइट अप्शनलाई मुख्य जूम इन्टरफेसबाट हटाईएको छ ।

जूम ५.० भर्सन हाल लन्च गरिएको छैन् । तर यसलाई यहि साताभित्र उपलब्ध गराउने बताईएको छ । जूम ५.० म्यानुअली समेत अपडेट गर्न सकिन्छ । यसको लागि तपाईँ जूम डटकममा डाउनलोड भन्ने स्थानमा जानुपर्ने हुन्छ ।

यदि तपाईँ जूम एप आफ्नो स्मार्टफोनमा प्रयोग गर्नुहुन्छ भने तपाईँले सो एपलाई अपडेट गर्नुपर्ने हुन्छ ।

हाल जूममा करिब ३० करोड दैनिक मिटिङ्ग सहभागी हुने गरेको छ यो अघिल्लो महिनाको तुलनामा निकै धेरै हो । यसअघि जूममा २० करोड मिटिङ्गहरु हुने गरेको रिपोर्ट आएको थियो ।

तपाईँ पनि जूमको नयाँ भर्सन जूम ५.० यहाँ क्लिक गरेर अपडेट गर्नुहोस् ।

TK Viber

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

Loading...