राहत वितरण गरेको तस्वीर खिच्न र सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध

Technology Khabar ११ बैशाख २०७७, बिहीबार

राहत वितरण गरेको तस्वीर खिच्न र सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध
Classic Tech

पछिल्लो दिनमा राहत बितरण गर्ने र त्यसको तस्वीर सामाजिक सञ्जालमा राख्ने चर्चा बटुल्ने प्रचलन बढिरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा तस्वीर खिच्न प्रतिबन्ध लगाएको छ ।

तस्वीर खिचाएर सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चलेको समयमा नगरपालिकाले तस्वीर खिच्न प्रतिबन्ध लगाएको हो ।

लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई उनीहरुको वडामै लगेर राहत सामग्री वितरण गर्न स्वयं वडाध्यक्षलाई जिम्मा दिइएको नगरप्रमुख इवन राईले जानकारी दिए ।

“दुई–चार छाक पुग्ने चामल र दुई पोका तेल बाँड्दै गरेको तस्वीर खिचाएर जनतालाई हैरान बनाउनु हुँदैन”, उनले भने, “नगरपालिकाले दिने राहतले उनीहरुको गर्जो टर्ने पनि होइन । थोरै सामग्री दिएर धेरै प्रचार गर्दा आफ्नो लोकप्रियता बढ्छ भन्ने सोच्नु गलत भएकाले तस्वीर खिच्न रोक लगाइएको हो ।”

नगरस्तरीय समन्वय समितिको बैठकको निर्णयअनुसार विनियोजन गरिएको रु १२ लाख ५० हजार बजेटबाट खाद्यान्न खरिद गरेर बिहान–बेलुकाको छाक टार्न कठिन भएका परिवारलाई वितरण शुरु गरिएको रिपोर्टमा उल्लेछ ।

*हेडलाइन सम्पादित

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

Comments are closed.

Loading...