स्टारलिंकको थप ६० वटा स्याटेलाइट अन्तरिक्षमा, उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट दिने लक्ष्य

Technology Khabar ११ बैशाख २०७७, बिहीबार

स्टारलिंकको थप ६० वटा स्याटेलाइट अन्तरिक्षमा, उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट दिने लक्ष्य

काठमाडौं ।

अन्तरिक्षमा स्याटेलाइट राखेर ब्रोडब्याण्ड इन्टरनेट दिने उद्धेश्य राखेको स्टारलिंक स्याटेलाइटस् कम्पनीले अर्को खेपको उडान गरेको छ । अहिले कम्पनीले ६० वटा स्याटेलाइटहरु पृथ्वीको लो अर्बिटमा राख्ने गरि रकेट लन्च गरेको हो ।

कम्पनीले विश्वभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट दिने योजना लिएको छ । स्टालिंक स्याटेलाइट्सले स्पेसएक्सको रकेटमार्फत आफ्ना ६० नयाँ ल्याटेलाइट प्रक्षेपण गरेको हो । यो सहित कम्पनीले अन्तरिक्षमा कुल ४२२ वटा स्याटेलाइटहरु पुर्याएको छ ।

स्पेसएक्स अन्तरगतको स्टारलिंक विश्वकै सबैभन्दा धेरै प्राइभेट स्याटेलाइट संचालन गर्ने कम्पनी भएको छ । यसका साथै स्पेसएक्सले सन् २०२० को अन्त्यतिर नै क्यानाडा र उत्तर अमेरिकामा आफ्नो सेवा उपलब्ध गराउने योजना राखेको छ।

कम्पनीका यी स्याटेलाइटहरु परम्परागत जियोस्टेशनरी स्याटेलाइटहरुभन्दा फरक पृथ्वीको तल्लो कक्षमा राखिएको हुन्छन् । यी स्याटेलाइटहरुमार्फत लो लेटेन्सी कनेक्सनमा निरन्तर भरपर्दो कनेक्सन उपभोक्ता र व्यवसायहरुलाई दिन सकिन्छ ।

स्टारलिंकले कुल १२ हजारदेखि ४२ हजार साना स्याटेलाइटहरु लन्च गर्ने योजना लिएको छ ।

अहिलेको रकेट प्रक्षेपणमा स्पेसएक्सको फाल्कन ९ बुस्टर रकेटलाई पुन प्रयोग गरिएको थियो ।

easy care

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

ताजा समाचार