संचार मन्त्रालयको बजेट सिलिङ्ग ११ अर्ब, डिजिटल नेपाल र सेक्यूरिटी प्रेस खरिद प्राथमिकतामा

Technology Khabar ११ बैशाख २०७७, बिहीबार

संचार मन्त्रालयको बजेट सिलिङ्ग ११ अर्ब, डिजिटल नेपाल र सेक्यूरिटी प्रेस खरिद प्राथमिकतामा
संचार तथा सूचना प्रविधि मन्त्रालय भवन । फाइल फोटो ।

काठमाडौं ।

आगामी आर्थिक वर्षको लागि संचार तथा सूचना प्रविधिको विकास र योजनाका लागि ११ अर्ब २२ करोड रुपैयाँको बजेट सिलिङ्ग तोकिएको छ ।

राष्ट्रिय योजना आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगत संचार क्षेत्र र सूचना प्रविधिको विकासका लागि योजना, नीति, नियम निर्माण लगायतका कार्यका लागि ११ अर्ब २२ करोड रुपैयाँको बजेट सिलिङ्ग तोकेको हो ।

आगामी आर्थिक वर्ष २०७७/७८ मा सो बजेट भित्र मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई प्राथमिकतामा राखेको छ भने सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस खरिदलाई पनि समावेश गरिनेछ ।

सो बजेट सिलिङ्गको बारेमा हाल मन्त्रालयभित्र र अर्थ मन्त्रालयसँग पनि छलफल भईरहेको संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

‘हामीलाई आगामी वर्षको लागि ११ अर्ब २२ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ्ग तोकिएको छ । जसमा विशेषगरि डिजिटल नेपाल र सेक्यूरिटी प्रेस खरिदको विषय पनि रहनेछ,’ प्रवक्ता तिवारीले टेक्नोलोजीखबरसँग भने ।

प्रवक्ता तिवारीकाअनुसार सो बारेमा अर्थसँग छलफल गरेर नीति तथा कार्यक्रम तय गर्ने र बजेट निर्धारण गर्ने काम हुनेछ।

सरकारले गत आवदेखि नै डिजिटल नेपालको फ्रेमवर्कलाई अगाडि बढाउने योजना लिईरहेको छ भने त्यसअन्तरगत स्मार्ट शहरलगायतका कामहरु रहेका छन् ।

त्यसैगरि सेक्यूरिटी प्रेस खरिदको योजना पनि सरकारले चालु आवमा नै राखेकोमा कमिशन प्रकरणको विवादले गर्दा हाल रोकिएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार