ह्याकरले चोर्यो २ करोड ५० लाख डलर क्रिप्टोकरेन्सी, दुई दिनपछि पुरै फिर्ता

Technology Khabar १० बैशाख २०७७, बुधबार

ह्याकरले चोर्यो २ करोड ५० लाख डलर क्रिप्टोकरेन्सी, दुई दिनपछि पुरै फिर्ता

काठमाडौं ।

एक रहस्यमयी ह्याकरले आफूले चोरेको २ करोड ५० लाख डलर बराबरको क्रिस्टोकरेन्सी २ दिनपछि फिर्ता गरेको छ ।

हालै चीनमा आधारित डिफोर्स प्लेटफर्ममा ह्याकरले विभिन्न किसिमका क्रिप्टो करेन्सीहरु चोरेको थियो । जून पछि सोहि प्लेटर्फममा फिर्ता गरिएको हो ।

क्रिप्टोकरेन्सी ईथेरियममा रहेको १ करोड डलर, अमेरिकी डलरसँग जोडिएको १ करोड डिजिटल क्वाइनहरु र अन्य ४० लाख डलर बराबरका अन्य प्रकारका क्वाईनहरु चोरेको थियो ।

अहिले भने पुन सोहि ह्याकरले आफूले लगेको बराबरकै रकम फिर्ता गरेको हो । तर यो विभिन्न अन्य किसिमका क्रिप्टो करेन्सीमा रहेको छ ।

डिफोर्स अनलाइन सर्भिस हो जसले यूजर्सलाई क्रिप्टो करेन्सी एक आपसमा कारोबार गर्न स्वीकृती दिन्छ ।

डिफोर्सका संस्थापक मिन्डाओ याङ्गले एक ब्लग पोस्टमा ह्याकरहरुले आफूहरुसँग सम्पर्क गर्ने प्रयास गरेको र उनीहरुसँग कुराकानी गरिएको बताएका छन् । उनले ब्लग पोस्टमा डिफोर्सका यूजर्सहरुका साथसाथै अन्य पार्टनरहरु, को फाउण्डर र व्यक्तिगत सम्पत्तिहरु पनि यो ह्याकिङ्गमा चोरेको बताएका छन् ।

ब्लकचेन सेक्यूरिटी फर्म पेकसिल्डले कसरी डिफोर्स सिस्टमलाई चलाखिपूर्ण तरीकाले झुक्याएर क्रिप्टोकरेन्सी झिकियो भनेर उल्लेख गरेको छ ।

सो ह्याकिङ्ग समयमा आक्रमणकारीले सिस्टमलाई पहिले नै रकम डिपोजिट गरिएको सुनिश्चित गरेर क्रिप्टोकरेन्सी झिकेको थियो ।

तर ह्याकरले चोरेको क्रिप्टोकरेन्सी फेरि किन फिर्ता गर्यो भन्ने प्रश्न उब्जिएको छ ।

कम्पनीका फाउण्डर याङ्गले पनि सो रकम फिर्ता भएको अर्को ब्लग पोस्टमा बताएका छन् । एजेन्सी

easy care

प्रकाशित: १० बैशाख २०७७, बुधबार