सगरमाथाको चीनतर्फको आधार शिविरमा फाइभजी सेवा, चाइना मोबाइल र ह्वावेले संयुक्तरूपमा पुर्याए

Technology Khabar १० बैशाख २०७७, बुधबार

सगरमाथाको चीनतर्फको आधार शिविरमा फाइभजी सेवा, चाइना मोबाइल र ह्वावेले संयुक्तरूपमा पुर्याए

काठमाडौं ।

संसारकै सबैभन्दाअग्लो हिमाल सगरमाथाको आधार शिविरमा फाइभजी मोबाइल नेटवर्क पुगेको छ। चीनतर्फको सगरमाथा आधार शिविरमा चाइना मोबाइलले फाइभजी नेटवर्क विस्तार गरेको हो ।

चिनियाँ संचारमाध्यमका अनुसार चाइना मोबाइल र ह्वावेले संयुक्त रूपमा बेस क्याम्पमा फाइभजी नेटवर्क विस्तार गरेका हुन्।

चाइना मोबाइलले यहि महिना आफ्नो २० औं स्थापना दिवस मनाउँदैछ । सोहि अवसर पारेर चाइना मोबाइलले सगरमाथा क्षेत्रको ५ हजार ३ सय मिटर र ५ हजार ८ सय मिटरको उचाईमा बेस स्टेशन राखेको हो ।

कम्पनीले ६ हजार ५ सय मिटरको उचाइमा रहेको एडभान्स बेस क्याम्पमा समेत बेस स्टेशन राख्ने काम गरिरहेको छ । यी स्टेशनहरुबाट त्यो क्षेत्रमा फाइभजी नेटवर्कले काम गर्नेछ।

कम्पनीले आधार शिविरबाट आफ्नो मूख्य नेटवर्कसम्म १७७ किलोमिटरको ट्रान्समिसन लाइनमार्फत ५जी कनेक्सन उपलब्ध गराउनेछ । सो लाइनले ३ वटा ५जी र ३ वटा फोरजी बेस स्टेशनलाई सर्भिस दिनेछ ।

करिब १० लाख अमेरिकी डलर लागतमा बिस्तार भएको यो नेटवर्कको परीक्षण गति डाउनलोडमा ७०० एमबिपिएस र अपलोडमा २२३ एमबिपिएस रहेको छ।

सो बेस स्टेशनले दिन र रात दूबै अवस्थामा सेवा दिनसक्ने बताईएको छ जहाँबाट लाइभ भिडियो ब्रोडकास्ट गर्न सकिन्छ ।

सो बेस स्टेशनको लागि कम्पनीले २४ सै घण्टा प्राविधिक सेवा हेर्नका लागि कर्मचारीहरु राखेको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १० बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार