सोशल मिडिया फेसबुकले भारतीय टेल्को रिलायन्स जियोमा ५.६ अर्ब डलर लगानी गर्यो

Technology Khabar १० बैशाख २०७७, बुधबार

सोशल मिडिया फेसबुकले भारतीय टेल्को रिलायन्स जियोमा ५.६ अर्ब डलर लगानी गर्यो

काठमाडौं ।

विश्वभर कोरोनाको महामारी र लकडाउनको अवस्था चलिरहँदा सोशल मिडिया कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा लगानी गर्ने भएको छ।

कम्पनीले जियोको ९.९९ प्रतिशत शेयर किन्ने घोषणा गरेको छ । सो शेयर किन्नका लागि फेसबुकले ५.७ अर्ब अमेरिकी डलर लगानी गर्नेछ । यो लगानीका साग रिलायन्समा फेसबुक सबैभन्दा ठूलो शेयरहोल्डर समेत बन्नेछ ।

सो डिलको बारेमा रिलायन्सले सानो हिस्साको लागि ठूलो टेक कम्पनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भएको बताएको छ । जियोले भारतको ६ करोड साना ठूला व्यवसाय, १२ करोड किसानहरु र ३ करोड साना व्यापारीहरु र लाखौं साना उद्यमहरुमा ध्यान केन्द्रित गर्ने बताएको छ ।

त्यसैगरि फेसबुकले सो सम्झौताको बारेमा जानकारी दिँदै जियोले भारतमा ठूलो परिवर्तन ल्याएको बताएको छ । कम्पनीकाअनुसार जियोले चार सालभन्दा पनि कम समयमा ३८ करोड भन्दा अधिक मानिसहरुसम्म पुगेको बताएको छ भने जियोसँग मिलेर भारतमा अझ धेरै मानिसहरुसँग जोडिने उल्लेख गरेको छ ।

भारतीय बजारमा अग्रस्थानमा रहेको जियोले सन् २०१६ मा फ्री भ्वाइस कल र सस्तो डाटा सेवा उपलब्ध गराएको थियो । भारतीय बजारमा हरेक ५ स्मार्टफोन यूजर्समध्ये ३ यूजर्स जियो नेटवर्कमा छन् ।

मार्क जूकरबर्गले यो डिलको बारेमा फेसबुक पोस्ट लेखेका छन् । उनले भने, ‘हामी रिलायन्स जियो प्लेटफर्ममा साथै मिलेर काम गरिरहेका छौं। भारत एउटा ठूलो डिजिटल परिवर्तनको समयमा गुज्रिरहेको छ । यस परिवर्तनलाई रिलायन्स जियो जस्ता प्लेटफर्मले करोडौं भारतीय मानिसहरु वा साना व्यवसायहरुलाई डिजिटल मोडद्धारा जोडेको छ । वर्तमान अवस्थामा यो निकै महत्वपूर्ण हो । ‘

जूकरबर्गले भारतमा मानिसहरु र व्यवसायहरुको सहयोगका लागि जियोसँग साझेदारी गरिएको बताएका छन् । उनले भारतमा ६ करोड साना व्यवसाय र लाखौं मानिसहरु डिजिटल प्लेटफर्ममा आधारित रहेको जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: १० बैशाख २०७७, बुधबार

ताजा समाचार