पुरानो स्याटेलाइटलाई मर्मत गर्न सकिने, सर्भिसिङ्ग स्याटेलाइटद्धारा इन्टेलस्याट९०१ पुर्नजिवित गरियो

Technology Khabar ९ बैशाख २०७७, मंगलवार

पुरानो स्याटेलाइटलाई मर्मत गर्न सकिने, सर्भिसिङ्ग स्याटेलाइटद्धारा इन्टेलस्याट९०१ पुर्नजिवित गरियो

काठमाडौं ।

अन्तरिक्षमा रहेको पुराना स्याटेलाइटलाई पनि अब प्रयोगमा ल्याउन सकिने भएको छ । हालै एउटा पुरानो कम्युनिकेशन्स स्याटेलाइटलाई अर्को स्याटेलाइटमार्फत मर्मत गरि पुनजिवित गराएर प्रयोगमा ल्याईएको छ ।

सन् २००१ देखि पृथ्विको कक्षमा घुमिरहेको इन्टेलस्याट ९०१ लाई एटलान्टिकमाथि पुन नयाँ स्थानमा राखेसँगै कम्तिमा ५ वर्षसम्मको लागि टेलिकम्युनिकेसन्स कभरेजको काम गर्न थालेको छ । सो स्याटेलाइटलाई अर्को सर्भिसर स्याटेलाइटमार्फत नयाँ स्थानमा लगिएको थियो ।

इन्टेलस्याट ९०१ लाई नयाँ बनाउन नर्थरोप ग्रुम्मान कर्पोरेशनको मिसन एक्सटेन्सन भेहिकल(एमईभी-१) स्पेसक्राफ्टमार्फत पुर्नजिवित गरिएको थियो । एमईभी-१ जसलाई स्याटेलाइट सर्भिसिङ्ग गर्ने भनेर चिनिन्छ, त्यसले गरेको यो पहिलो किसिमको मिशन हो, जहाँ एउटा स्याटेलाइटलाई मर्मत गर्न अर्को स्याटेलाइटको प्रयोग गरिएको छ ।

यस्तो कार्य अन्तरिक्षमा निकै जोखिमयुक्त हुनसक्दछ ।

पृथ्विबाट २२ हजार माइल माथि रहेको कक्षमा इन्टेलस्याट ९०१ ले अहिले राम्रोसँग कार्य गरिरहेको छ, तर स्याटेलाइटले भने न्यून प्रोपेलेन्टमा चलिरहेको थियो, र ग्राउण्ड अपरेटरहरुले स्पेसक्राफ्टलाई रिटायर गराउने बारेमा दबाब दिईरहेका थिए ।

एमईभी-१ ले सो स्थान र समयमा त्यसलाई भेट्यो र भेहिकलमा त्यसलाई जोड्यो । यसरी एमईभी-१ ले इन्टेलस्याट ९०१ को नयाँ इन्जिनसेटको रुपमा कार्य गरेर पुरानो स्याटेलाइटलाई नयाँ स्थानमा पुर्यायो । जसले गर्दा सो स्याटेलाइटले पुन आफ्नो तोकिएको कामगर्न शुरु गर्नेथियो ।

एमईभी १ लाई गएको अक्टोबरमा लन्च गरिएको थियो र इन्टेलस्याट ९०१ मा पुग्न यसले ३ महिनाको यात्रा गरेको थियो । इन्टेलस्याट ९०१ अलिक सुनसान स्थानमा राखिएको थियो जसलाई ग्रेभयार्ड अर्बिट भनेर चिनिन्छ । यस्तो स्थानमा अधिकांश इन्धन सकिएका र संचालनमा नभएका स्याटेलाइटहरु राख्ने गरिन्छ । किनकी यी स्याटेलाइटहरुले अन्य संचालनमा रहेका स्याटेलाईटहरुलाई कुनै अवरोध गर्न नसकुन् ।

गएको फरबरीमा एमईभी-१ मिशनले इन्टेलस्याट ९०१ लाई तानेर ईतिहास कायम गरेको छ, जसमा अनबोर्ड ग्राप्लिङ्ग डिभाइसका साथ तानेको थियो ।

यसमा पहिलो पटक दुईवटाा व्यवसायिक स्याटेलाईटहरु अर्बिटमा एकैस्थानमा जोडिएका थिए र दुबै स्याटेलाइटले एउटा स्याटेलाइटको रुपमा काम गरेका थिए । गएको अप्रिल २ तारिखमा इन्टेलस्याट ९०१ लाई नयाँ स्थानमा लगिएको थियो जहहाँबाट इन्टेलस्याटले आफ्ना ३० व्यवसायिक र सरकराी ग्राहकहरुलाई सेवा दिएको थियो । यो प्रकृया सक्न करिब ६ घण्टा लागेको थियो ।

एमईभी-१ इन्टेलस्याट ९०१ सँग कम्तिमा ५ वर्षसम्मसँगै रहनेछ र त्यसपछि पुन सो स्याटेलाईटलाई ‘ग्रेभयार्ड’ अर्बिटमा फिर्ता लानेछ । त्यसपछि एमईभी-१ फ्रि हुनेछ र त्यस्तै अर्को पुरानो स्याटेलाइटलाई सेवा दिनसक्नेछ ।

एमईभी १ को यो कार्यबाट इन्टेलस्याट निकै खुशी भएको छ भने कम्पनीले नर्थरोप ग्रुम्मानसँग दोस्रो स्याटेलाइट सर्भिसिङ्ग मिसनको लागि सम्झौता गरिसकेको छ । संभवत अर्को मिसन यहि वर्षको अन्त्यतिर लन्च हुनेछ,जसले इन्टेलस्याट १००२ लाई मर्मत गर्नेछ, जून स्याटेलाइट पनि न्यून प्रोपोलेन्टमा संचालन भईरहेको छ । एजेन्सी

easy care

प्रकाशित: ९ बैशाख २०७७, मंगलवार