गेम खेल्नका लागि फेसबुकले ल्यायो छुट्टै ‘फेसबुक गेमिङ्ग’ एप, गेम डाउनलोड नगरेपनि खेल्न सकिने

Technology Khabar ९ बैशाख २०७७, मंगलवार

गेम खेल्नका लागि फेसबुकले ल्यायो छुट्टै ‘फेसबुक गेमिङ्ग’ एप, गेम डाउनलोड नगरेपनि खेल्न सकिने

काठमाडौं ।

सोशल मिडिया फेसबुकले गेमिङ्ग एप लन्च गरेको छ । कम्पनीले आफ्नो योजनाभन्दा अगाडि नै गेमको लागि छुट्टै एप ल्याएको हो ।

फेसबुकको नयाँ ‘फेसबुक गेमिङ्ग’ नामक एपको लन्च सिधै कोभिड १९ लकडाउनसँग सम्बन्धित रहेको बताएको छ ।

यो एपले यूजर्सलाई हाई प्रोफाइल गेमर्सलाई फलो गर्न, लाइभ गेमिङ्ग स्टिमिङ्ग हेर्न र फेसबुकबिना नै कमेन्ट गर्नसकिने सुविधा दिन्छ । यसले गेमरहरुलाई उनीहरुको आफ्नो स्मार्टफोनको स्क्रीन समेत शेयर गर्न अनुमति दिन्छ ।

सोशल मिडियाको रुपमा फेसबुक विश्वकै सबैभन्दा ठूलो नेटवर्क भएपनि गेम्स स्टिमिङ्ग र ईस्पोर्टसको लागि भने ट्विच र यूट्यूबभन्दा निकै पछाडि रहेको छ ।

फेसबुकको नयाँ एप लन्च भएसँगै अब अनलाइन गेमिङ्ग र स्टिमिङ्गमा तिब्र प्रतिस्पर्धा भएको छ ।

अहिलेसम्म फेसबुकको गेमिङ्ग ब्राण्ड फेसबुकको मुख्य एपभित्र ट्याबको रुपमा रहेको छ र त्यो स्वतन्त्र वेबसाइटमा रहेको छ ।Game App

फेसबुकले छुटै ‘स्ट्याण्ड-अलोन’ एपले जो मानिस यसमा गहिलो पहुँच राख्न चाहन्छ त्यसका लागि ‘गेमिङ्ग ओल्नी’ अनुभव प्रदान गर्ने बताएको छ ।

यो एप लामो समयदेखि एशिया र ल्याटिन अमेरिकी देशहरुमा परिक्षण हुँदै आएको थियो । हाल यो गूगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने एप्पलको आईओएसमा आउन अझै कुर्नुपर्नेछ ।

फेसबुकको एपले मानिसहरुलाई कम्पनीको इन्स्ट्यान्ट गेम्स लाइब्रेरीबाट गेम खेल्ने अनुमति समेत दिन्छ र यसको लागि सफ्टवेयर छुट्टै इन्स्टल गर्नुपर्दैन् ।

अर्को यसको फीचर भनेको यसमा गो लाइभ भने सुविधा छ जसले सिधै स्मार्टफोनको डिस्प्ले फेसुबकमा ब्रोडकास्ट गर्न सकिन्छ ।

फेसबुकका अनुसार परीक्षणको क्रममा नै उसको गेमिङ्ग एप ५० लाख डाउनलोड भईसकेको छ भने ७० करोड मानिसहरुले यसअघि नै गेमिङ्ग प्रडक्टहरुका बारेमा अन्तरक्रिया गरिसकेका छन् ।

तपाईँपनि यो एप प्रयोग गरेर गेमको अनुभव लिन चाहनुहुन्छ भने यहाँ क्लीक गरेर एप डाउनलोड गर्नुहोस् ।

easy care

प्रकाशित: ९ बैशाख २०७७, मंगलवार

ताजा समाचार