एलआईसी नेपालको बीमा प्रिमियम शुल्क लकडाउनपछि तिर्दा हुने, कुनै जरिवाना नलाग्ने

Technology Khabar ८ बैशाख २०७७, सोमबार

एलआईसी नेपालको बीमा प्रिमियम शुल्क लकडाउनपछि तिर्दा हुने, कुनै जरिवाना नलाग्ने
NTC_Advt

काठमाडौं ।

एलआईसी नेपालले आफ्नो ग्राहकहरुलाई लकडाउनको पालना गरि घरमै बस्न आग्रह गरेको छ । साथै जीवन बीमाको प्रिमियम शुल्क तिर्नुपर्ने भएमा लकडाउन पूर्णरुपमा खुलेपछि मात्र तिर्न सूचित गरेको छ ।

लकडाउन पछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने कुरा पनि जानकारी गराएको छ ।

सोही क्रममा एलआईसी नेपालले आफ्नो विज्ञापन एजेन्सीको् साथमा महामारी सम्बन्धी सूचनामूलक टेलिभिजन विज्ञापन प्रकाशित गरेको छ ।

महामारीको समयमा रहेको जीवनशैली र एलआईसी नेपालले दिएको सुविधाहरुलाई प्रकाश पारिएको सो विज्ञापन केबल मोबाइल फोन प्रयोग गरि बनाइएको हो ।

आफ्नो प्रकार मध्येको पहिलो विज्ञापन रहेको एलआईसी नेपालको यो विज्ञापन आफैंमा उदाहरणीय भएको कम्पनीको भनाई छ । अभिनेता राजेश रोय तथा अभिनेत्री साक्षी लम्सालले आ–आफ्नो भागलाई आफ्नै घरमा खिचेका हुन् ।

एलआईसी नेपालले आफ्नो यो विज्ञापन मार्फत सबैलाई नियम र कानून कडाईका साथ पालना गर्न प्रोत्साहन गरेको जनाएको छ ।

प्रकाशित: ८ बैशाख २०७७, सोमबार