जोरपाटी स्थित न्यूटन इन्टरनेशनल कलेजमा अनलाइन कक्षा शुरु, घरबाटै पढ्छन् ‘प्लस टू’ का विद्यार्थी

Technology Khabar ८ बैशाख २०७७, सोमबार

जोरपाटी स्थित न्यूटन इन्टरनेशनल कलेजमा अनलाइन कक्षा शुरु, घरबाटै पढ्छन् ‘प्लस टू’ का विद्यार्थी

काठमाडौं ।

काठमाडौंको जोरपाटी स्थित न्यूटन इन्टरनेशनल कलेजले अनलाइनमार्फत नयाँ शैक्षिक सत्रको पढाई शुरु गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा देश लकडाउनको चपेटामा परेको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीले घरमा नै बसेर आफ्नो पढाइलाई निरन्तरता दिन सकुन भन्ने उद्देश्यका साथ अनलाइन कक्षा संचालन गरेको कलेजले जानकारी दिएको छ ।

कलेज प्रशासन, कलेज व्यवस्थापक दिपेश शर्मा र शिक्षकहरुको प्रत्यक्ष संलग्नतामा प्लस टू का सम्पूर्ण विद्यार्थीहरूलाई सूचना प्रविधिको उपयोग गरी यही वैशाख ६ गतेबाट अनलाईन कक्षा सुरु गरेको हो ।

कक्षा ११ र १२ का करीब १०० जना विद्यार्थीहरु अनलाईन कक्षामा सहभागी भइरहेको कलेजले जानकारी दिएको छ ।

हाल कलेजसँग आफ्नै एप नभएकोले जूम क्लाउड मिटिङ्ग र माईक्रोसफ्ट टिम्स जस्ता एपको माध्यमबाट कक्षा संचालन गरिरहेको छ । कलेजले निकट भविष्यमा आफ्नो आवश्यकताअनुसारको एप बनाउने योजना बनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

कक्षा सुरु गरेसँगै विद्यार्थीहरुलाई प्रत्यक्षरूपमा फाइदा पुग्ने साथै विद्यार्थी, शिक्षकहरू सबैलाई नयाँ प्रणालीबाट सिक्न र सिकाउनु एउटा नयाँ अनुभव भएकोले यो प्रणाली एकदमै उपयोगी भएको कलेजले जनाएको छ ।

साथै यो प्रणाली अरू विद्यालय वा कलेजहरूले पनि अपनाएमा यसको फाइदा लकडाउनमा घरमा बसेका विद्यार्थीले लिनसक्ने कलेज प्रशासनले उल्लेख गरेको छ ।

सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरू नयाँ प्रविधि प्रयोग गर्न र सिक्न पाएकोले प्रत्यक्ष फाइदा भएको बताउँछन्।

Global Bank
easy care

प्रकाशित: ८ बैशाख २०७७, सोमबार

ताजा समाचार