नासाले स्पेस एक्ससँग मिलेर अन्तरिक्ष स्पेस स्टेशनमा मानवसहितको मिशन गर्ने

Technology Khabar ६ बैशाख २०७७, शनिबार

नासाले स्पेस एक्ससँग मिलेर अन्तरिक्ष स्पेस स्टेशनमा मानवसहितको मिशन गर्ने
Global IME Bank

काठमाडौं ।

नासाले स्पेस एक्ससँग मिलेर करिब दशकपछि अन्तरिक्षमा मानवसहितको अन्तरिक्ष यात्रा शुरु गर्ने भएको छ । नासाले पहिलो पटक निजी कम्पनीसँगको सहकार्यमा यो यात्रा गर्न लागेको हो ।

नासाले अमेरिकी भूमिबाट नै आगामी मे २७ तारिखमा केनेडि स्पेस सेन्टरबाट स्पेस एक्सको रकेटबाट उडान गर्नेछ ।

यसअघि यो मिसनमा अन्तरिक्ष यात्रीहरु बब बेनकेन र डग हर्लीलाई अन्तरिक्षमा उडान गरेर अन्तराष्ट्रिय स्पेस स्टेशनमा पुर्याउने छ । उनीहरुलाई स्टेशन पुग्न करिब २४ घण्टा पुग्नेछ ।

यो लन्च नासाको कमर्शियल क्रु प्रोग्रामअन्तरगतको पहिलो अन्तरिक्षयात्रीसहितको मिसन हो । यो मिसनको लागि स्पेस एकसले सबै आवश्यक कामहरु सकेको छ । र यो फ्लाईटलाई डेमो २ भनिनेछ ।

यो स्पेशक्राफ्ट पूर्णरुपमा स्टेशनमा डक हुनका लागि स्वचालितरुपमा तयार पारिएको छ । यो मिसनमा जाने अन्तरिक्ष यात्रीहरु अन्तराष्ट्रिय स्टेशनमा करिब ११० दिन बस्नेछन् । एजेन्सी

Sajilo Visa

प्रकाशित: ६ बैशाख २०७७, शनिबार

तपाइको प्रतिक्रिया