फेसबुकद्धारा मानिसहरु भेला हुने सम्पूर्ण इभेन्टहरु आगामी २०२१ को जूनसम्म स्थगित

Technology Khabar ६ बैशाख २०७७, शनिबार

फेसबुकद्धारा मानिसहरु भेला हुने सम्पूर्ण इभेन्टहरु आगामी २०२१ को जूनसम्म स्थगित

काठमाडौं ।

फेसबुकले भौतिकरुपमा आयोजना गरिने आफ्नो सबै ईभेन्टहरुलाई आगामी सन् २०२१ को जून महिनासम्मका लागि स्थगित गरेको छ ।

कम्पनीले कोरोनाभाइरसको महामारीका बिच ५० जनासम्म वा त्यसभन्दा बढि मानिसहरु भेलाहुने सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको हो ।

कम्पनीले त्यसमध्ये केहि इभेन्टहरु भर्चुअल गर्ने फेसबुकका सिईओ मार्क जूकरबर्गले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन् ।

‘फेसबुकका कर्मचारीहरमध्ये अधिकांशले आगामी महिनाको अन्त्यसम्ममा घरबाटै काम गर्ने छन् । कम्पनीले कम्तिमा जून महिनासम्म कुनैपनि बिजनेस ट्राभल नगर्ने नीति बिस्तार गरेको छ,’ जूकरबर्गकले भने ।

https://www.facebook.com/zuck/posts/10111807251999141

उनले क्रिटिकल कर्मचारीहरुमध्यको केहि प्रतिशत जो घरबाट काम गर्नसक्दैनन उनीहरु मात्र काममा आउने र त्यो पनि अझै केहि समयपछि मात्र हुने बताए । उनकाअनुसार कन्टेन्ट रिभ्यूगर्नेहरु, हार्डवेयरमा कामगर्ने इन्जिनियरहरु छिटै काममा फर्किने आशा गरेपनि अझै केहि समय कार्यालयमा आउने अपेक्षा नगरिएको उल्लेख गरे ।

सिईओ जूकरबर्गले बालबालिकाको हेरचाहले गर्दा जो आउन सक्ने अवस्था छैन उनीहरुले घरबाट नै कम्तिमा गर्मी मौसमभरी कामगर्नसक्ने बताए ।

उनले यो अवस्था कहिलेसम्म जान्छ भन्ने पनि अनुमान गर्न नसक्ने स्पष्ट पारेका छन् ।

easy care

प्रकाशित: ६ बैशाख २०७७, शनिबार

ताजा समाचार