भेरिजोनले भिडियो कन्फ्रेन्सिङ्ग एप जूमको प्रतिस्पर्धी ब्लूजिन्सलाई ५० करोड डलरमा किन्यो

Technology Khabar ६ बैशाख २०७७, शनिबार

भेरिजोनले भिडियो कन्फ्रेन्सिङ्ग एप जूमको प्रतिस्पर्धी ब्लूजिन्सलाई ५० करोड डलरमा किन्यो

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग बजारमा जूम भिडियो कम्युनिकेशन्स इंकको प्रतिस्पर्धि कम्पनी ब्लूजिन्स नेटवर्क इंकलाई भेरिजोन कम्युनिकेशन्स इंकले किनेको छ । भेरिजोनले भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म ब्लूजिन्सलाई ५० करोड डलर भन्दा कम मूल्यमा नै किनेको हो ।

यो खरिदसँगै पछिल्लो दिनमा भिडियो कन्फ्रेन्सिङ्गको बढ्दो प्रयोगलाई ध्यानमा राखेर किनिएको बताईएको छ ।

कोरोनाभाइरसको महामारीसँगै विश्वभर व्यवसाय र का मगर्ने प्रवृत्तिमा नै फरक आएको छ । जसमा सबैभन्दा धेरै भिडियो कन्फ्रेन्सिङ्ग एप्सको माग रहेको छ । जसमा सबैभन्दा अगाडि जूम छ भने त्यसका साथमा सिस्कोको वेबेक्स र माइक्रोसफ्टको टिम्स रहेको छ ।

भेरिजोनले किनेको ब्लूजिन्ससँग हाल १५,००० इन्टरप्राइज क्लाइन्टहरु रहेका छन जसमा फेसबुक इंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्ता प्रमुख ग्राहकहरु छन् ।

ब्लूजिन्सका सहसंस्थापक तथा कार्यकारी अध्यक्ष क्रिश रामाकृस्ननले कम्पनीको भिडियो कन्फ्रेन्सिङ्ग टूलको प्रयोग गरेर सो डिल बिगत ३ महिनाको नेगोसिएसनपछि भएको बताए ।

उनकाअनुसार यो डिल भर्चुअल सेटअपमा भएको थियो जसमा ई सिग्नेचरको प्रयोग गरिएको थियो ।

ब्लूजिन्स भेरिजोनको यसअघि देखिकै पार्टनर रहेको छ, जसमा भेरिजोनका ग्राहकहरुलाई कम्पनीको यूनिफाईड कम्यूनिकेशन्स एण्ड कोल्याबरेसन सर्भिसेज अन्तरगत मिटिङ्ग एप उपलब्ध गराईरहेको छ ।

यो डिल यस्तो बेलामा भएको छ जतिबेला अर्को प्रतिस्पर्धी कम्पनी जूमको लोकप्रियता ह्वात्तै चुलिएको छ, जसमा १ करोड सक्रिय दैनिक प्रयोगकर्ताहरुबाट हाल २० करोड दैनिक प्रयोगकर्ताहरु पुगेका छन् ।

भेरिजोनले ब्लूजिन्सलाई आफ्नो ५जी प्रडक्ट प्लानमा समावेश गर्नसक्ने छ । जसमा टेलिमेडिसिन र डिस्ट्यान्स लर्निङ्गजस्ता क्षेत्रहरु रहने भेरिजोन बिजनेसका ग्रुप सिईओ टमी एर्विनले बताए । एजेन्सी

easy care

प्रकाशित: ६ बैशाख २०७७, शनिबार