एलओडीको तर्फबाट सरकारलाई पीपीई र सर्वसाधारणलाई खाद्यान्न सहयोग

Technology Khabar ५ बैशाख २०७७, शुक्रबार

एलओडीको तर्फबाट सरकारलाई पीपीई र सर्वसाधारणलाई खाद्यान्न सहयोग

काठमाडौं ।

काठमाडौंको लोकप्रिय नाइट क्लब, लर्ड अफ द ड्रिंक्स् (एलओडी)ले कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत एलओडीले कञ्चनपुर जिल्लाका लागि ५० थान पीपीई सेट खानेपानीमन्त्री विना मगरलाई र कैलाली जिल्लाका लागि ५० थान पीपीई सेट उद्योगमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो ।

त्यसैगरी, एलओडीले काठमाडौं महानगरपालिका वडा नं २६ का सफाई कर्मचारीका लागि एक सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । साथै, एलओडीले ठमेल क्षेत्रका करिब पाँच सय जनालाई खाद्यान्न प्याकेज वितरण गरेको छ । यी प्याकेजमा ५ केजी चामल, १ केजी दाल, १ केजी गेडागुडी, १ केजी आलु, १ केजी नुन र एक लिटर तेल सहितको प्याकेट उपलब्ध गराएको जनाएको छ ।

‘कोरोनाविरुद्ध सरकारको लडाइँमा थोरै सहयोग गर्न पाउँदा हामी हर्षित छौं । हामीलाई आशा छ हाम्रो यो सहयोगले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सफाइ कर्मचारीको सुरक्षामा मद्दत गर्नेछ,’ क्बल एलओडीका सञ्चालक मध्येका रविन श्रेष्ठले भने ।

easy care

प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार