फेसबुकले कोभिड-१९ बारेको गलत जानकारी हेर्ने यूजर्सलाई ‘नोटिफाई’ गर्ने

Technology Khabar ५ बैशाख २०७७, शुक्रबार

फेसबुकले कोभिड-१९ बारेको गलत जानकारी हेर्ने यूजर्सलाई ‘नोटिफाई’ गर्ने

काठमाडौं ।

फेसबुक इंकले कोभिड १९ बारे गलत पोस्टहरु हेरिरहेका आफ्ना प्रयोगकर्ताहरुलाई अब नोटिफाई गर्ने भएको छ ।

कम्पनीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बारेको गलत र भ्रमक जानकारीहरु रोक्ने उद्धेश्यले कोभिड १९ बारेको गलत र भ्रामक पोस्टहरु पढ्ने यूजर्सलाई नोटिफाई गर्न शुरु गरेको जानकारी दिएको छ ।

पछिल्लो दिनमा मानिसहरुलाई शारिरिक हानी नै हुनेसम्मका गलत र भ्रामक पोस्टहरु फेसबुकमा राखिएको भन्दै कम्पनीले ती यूजर्सलाई सहित सूचना दिने पोस्टहरुमा कनेक्ट गर्ने बताएको छ ।

सोशल मिडिया जायन्टले इन्स्टाग्राम र ह्वाट्सएप पनि संचालन गर्दछ, जसले ठूलो संख्याका भ्रामक र गलत सूचनाहरु रोक्न युद्धरत रहेको छ ।

नयाँ नियमअनुसार जसले गलत कोरोनाभाइरस बारेको कन्टेन्ट पढेको, हेरेको वा शेयर गरेको छ तिनिहरुलाई कम्पनीले पपअप अलर्ट पठाएर विश्व स्वास्थ्य संगठनको वेबसाइटमा जान अभिप्रेरित गर्नेछ ।

फेसबुकका सिईओ मार्क जूकरबर्गले पनि भ्रामक सूचनाहरु रोक्ने प्रयास गरिएको भन्दै गलत जानकारीले मानिसहरुलाई चुनौती दिएको बताएका छन् ।

एक अध्ययनले फेसबुकमा झुटा पोस्टहरु, जून अंग्रेजी भाषा बाहेक अन्य भाषाहरुमा फैलिएका छन्, तिनिहरुलाई रोक्न नसकेको बताईएको छ । तर कम्पनीले भने हजारौं झुटा जानकारीसहितका पोस्टहरु हटाईएको बताएको छ ।

फेसबुकको नोटिफिकेसन्स आगामी साताहरुमा शुरु हुनेछ जसले कोरोनाभाइरसको बारेमा आएका गलत जानकारीहरुलाई रोकेर विश्व स्वास्थ्य संगठनको वेबसाइटमार्फत सहि जानकारी दिलाउनेछ । जसमा ‘साथीहरु र परिवारलाई भ्रामक जानकारी र सूचनाहरुबाट बचाउन सहयोग गरौं’ भनेर लेखिएको हुनेछ ।

फेसबुकका एक अधिकारीले सो नोटिफिकेसनलाई विभिन्न भाषाहरुमा परीक्षण गरिरहेको बताएका छन् । एजेन्सी

easy care

प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार