
काठमाडौं ।
नेपाल दूरसंचार प्राधिकरणले लकडाउनको अवधिमा कुनैपनि ग्राहकहरुको इन्टरनेट सेवा नकाट्न र बिलम्ब शुल्क नलिन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।
प्राधिकरणले सार्वजनिक सूचनामार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिँदै कुनैपनि सेवाग्राहीको सेवा लकडाउन अबधिभर नकाट्न र जरिवाना नलिन समेत निर्देशन दिएको हो ।
इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिँदै अनलाईनबाट रकम लिने व्यवस्था गर्न समेत भनेको छ ।
प्राधिकरणले केहि इन्टरनेट सेवा प्रदायकले ग्राहकहरुको सेवा काटेको गुनासो प्राप्त भएको भन्दै त्यसले सर्वसाधारणलाई नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।
‘संभव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्नुहुन र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत बन्दाबन्दी अवधिभरनिरन्तर संचालन हुने गरि बन्दाबन्दी अवधिपश्चात बिलम्ब शुल्कनदिई भुक्तानी लिने व्यवस्था मिलाउनुहुन् इन्टरनेट ईमेल सेवा प्रदायकलाई निर्देशन जारी गरिएको छ, प्राधिकरणको सूचनामा भनिएको छ ।
प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार