Technology Khabar ५ बैशाख २०७७, शुक्रबार
काठमाडौं ।
एप्पलले हालै आफ्नो नयाँ आईफोन एसई दोस्रो जेनेरेशन लन्च गर्यो। यो लन्च हुने बित्तिकै सोशल मिडियामा पनि ट्रेन्डिंग शुरू भयो, जसको कारण यसको मूल्य र सुविधाहरू थिए। नयाँ आईफोन एसई(२०२०)को डिजाईन कम्पनीको आफ्नै आईफोन ८ सँग मिल्दोजुल्दो छ।
तर अहिले कम्पनीले आफ्नो पुरानो आईफोन ८ को बिक्रीलाई बन्द गरेको छ ।
जब कम्पनीले हरेक बर्ष नयाँ स्मार्टफोन लन्च गर्दछ, यसले पुरानो मोडेललाई बन्द गर्ने गर्दछ, यस्तो अवस्थामा नयाँ आईफोन एसई लन्च भएसँगै आईफोन ८ को बिक्री बन्द गरिएको हो। आईफोन ८ सिरिज अब एप्पलको वेबसाइटमा देख्न सकिँदैन् ।
नयाँ आईफोन एसईलाई आईफोन ८ कै अपग्रेड भर्सन भन्न सकिन्छ जसमा आईफोन ८ डिजाइनमा नयाँ स्पेकहरु राखिएको छ । र नयाँ आईफोन एसई आईफोन ८ भन्दा केहि सस्तो पनि छ ।
यसका साथै कम्पनीले आईफोन ८ प्लसको बिक्री पनि रोकेको छ । एप्पलले आईफोन ८ प्लस साइजमा आईफोन एसई प्लस लन्च नगरेको भएपनि कम्पनीले प्लस साइजलाई बन्द गरेको छ ।
आईफोन ८ सिरिजलाई कम्पनीले २०१७ सेप्टेम्बरमा लन्च गरेको थियो।
यो पनि हेर्नुस्-
एप्पलको सबैभन्दा सस्तो बजेट मूल्यको आईफोन एसई लन्च, ३९९ अमेरिकी डलरमा नै किन्न पाईने
प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार