Technology Khabar ४ बैशाख २०७७, बिहीबार
टेक कम्पनी गूगलले अब आफ्नो स्मार्टफोनको लागि नयाँ चीपसेट बनाउने तयारी गरेको छ । यसअघिसम्म कम्पनीले बाहिरी चीप निर्माता कम्पनीहरुसँग खरिद गरेर प्रयोग गर्दै आएकोमा अहिले भने घरेलु चीप बनाउने तयारी गरेको हो ।
गूगलले आफैंले बनाएको चीपसेटहरु आगामी दिनमा ल्याउने पिक्सेल स्मार्टफोनहरु, क्रोमबुकहरुमा प्रयोग गर्नेछ ।
गूगलको पिक्सेल ५ स्मार्टफोन यो वर्षको अन्त्यमा आउने अपेक्षा गरिएको छ तर त्यसमा भने स्न्यापड्रागन चीपसेट नै प्रयोग हुनेछ ।
क्वालकम अहिलेको अवस्थामा निकै महत्वपूर्ण चीपसेट निर्माता कम्पनी हो । यसबाहेक गूगलले सामसङ्गसँग पनि चीपको डिजाइन र उत्पादनका लागि सम्झौता गरेको छ ।
सामसङ्गद्धारा विकास गरिएको ५ नानोमिटर टेक्नोलोजीद्धारा सो चीप तयार पारिनेछ जसको कोडनेम ‘ह्वाइटच्यापल’ राखिएकोछ । सो प्रविधि सामसङ्गकै आफ्नो एक्सनोज चीपसेटमा पनि प्रयोग गरिउको छ । त्यसैगरि भविश्यमा ५ नानोमिटरको प्रविधि टिएसएमसीले बनाउने एप्पलको ए१४ चीपमा पनि प्रयोग हुने अनुमान गरिएको छ ।
गूगलको चीप ८ कोरको हुनेछ भने त्यसलाई मसिन लनिङ्ग टेक्नोलोजीका लागि सुधार गरिनेछ । त्यसैगरि गूगल असिस्टेन्टको ‘अलवेज अन’ फंगसनको लागि पनि तयार पारिनेछ ।
रिपोर्टहरुका अनुसार सो नयाँ चीप संभवत गूगलको पिक्सेल ६ स्मार्टफोनमा सबैभन्दा पहिले प्रयोग हुनेछ भने क्रोमबुकका लागि भने त्यसपछि मात्र आउनेछ । एजेन्सी
प्रकाशित: ४ बैशाख २०७७, बिहीबार