सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे अफवाह फैलाएको अभियोगमा पक्राउ

Technology Khabar ४ बैशाख २०७७, बिहीबार

सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे अफवाह फैलाएको अभियोगमा पक्राउ

काठमाडौं ।

देशभर लकडाउन भएको र कोरोनाभाइरस संक्रमण फैलनसक्ने अवस्थामा मानिसहरुका बिच सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा नेपाल प्रहरीले विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

दिपकले फेसबुक स्टाटसमा दाङमा पनि कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको भनी तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरी जनमानसमा डर फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगिर सुर्खेतमा प्रहरीले २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा नै वीरेन्द्रनगर नगरपालिका-८ कालिन्चोक बस्ने ३६ वर्षीय धर्मराज आचार्यलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ भने लेकबेसी नगरपालिका-१ लेकफर्सा स्थित दैलेख नौमुले नगरपालिका-३ घर भएका २१ वर्षीय प्रेम बिक समेत पक्राउ परेका छन् ।

आचार्य र बिक दुबैजनले फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

easy care

प्रकाशित: ४ बैशाख २०७७, बिहीबार