जूमको ५ लाख एकाउन्टको जानकारी डार्क वेबमा बिक्री, प्रति एकाउन्ट २५ पैसामा नै किन्न पाईने

Technology Khabar ४ बैशाख २०७७, बिहीबार

जूमको ५ लाख एकाउन्टको जानकारी डार्क वेबमा बिक्री, प्रति एकाउन्ट २५ पैसामा नै किन्न पाईने

विश्वभर कोभिड-१९ को महामारीसँगै देशहरुमा लकडाउन भएसँगै भिडियो कन्फ्रेसिङ्ग एप जूमको प्रयोग अत्यधिक मात्रामा भईरहेको छ । जसले गर्दा सो एपलाई ह्याकरहरुले निशानामा पारेका छन् ।

अमेरिकी साइबर विशेषज्ञ फर्म साइबलको रिपोर्टअनुसार जूमको करिब ५ लाख एकाउंटको क्रेडेन्शियल डार्क वेबमा अनलाइन बिक्रीका लागि उपलब्ध छन्। ह्याकरहरूले डार्क वेबमा अन्य ह्याकरहरूलाई ५ लाख जूम खाताहरूको प्रमाणपत्रहरू बेचिरहेको फर्मले दाबी गरेको छ।

इन्टरनेट जस्तै, लाखौं व्यक्तिहरू जूम एपलाई दैनिक मोबाइल र डेस्कटपबाट एक्सेस गर्दछ। डार्क वेबमा मानिसहरु व्यक्तिगत कम्यूनिकेसन टूल्स, वेबसाइटहरूको नेटवर्क, फोरम र ईमेल मार्फत सम्पर्कमा हुन्छन् ।

हालै आएको रिपोर्टअनुसार जूम एकाउन्टहरूको क्रेडेन्शियल्स अप्रिल १ देखि बिक्रीका लागि उपलब्ध रहेको फर्मले बताएको छ।

साइबर फर्मले बिक्रीमा राखिएका जूम एकाउन्टका ५.३ लाख एकाउन्ट डिटेलहरु प्रति एकाउन्ट ०.००२ अमेरिकी डलर अर्थात करिब २५ पैसामा थोकमा ह्याकरसँग किनेको बताएकोछ ।

उसकाअनुसार केहि एकाउन्टहरू निशुल्क पनि साझेदारी गरिएको छ। ह्याक गरिएका क्रेडेन्शियलहरूमा मिटिङ्ग युआरएल, प्रयोगकर्ताको ईमेल आईडी, पासवर्ड, होस्ट की, आदि समावेश छन्। साइबलका अनुसार यी मध्ये केही विवरणहरू कम्पनीहरू र संगठनहरूका पनि हुन्।

पछिल्लो दिनहरुमा मानिसहरु वर्क फ्रम होम गरिरहेको हुँदा जूमको डाउनलोड ५ करोड बढि पुगेको छ । यसमा अधिक मानिसहरु एकै पटक भिडियो कन्फ्रेन्सिंगमा आउन सक्ने र अन्य फीचरहरुका कारण यसको लोकप्रियता बढेको हो ।

तर पछिल्लो दिनमा यसको सेक्यूरिटी कमजोरी र ईण्ड टू ईण्ड एनक्रिप्सन नभएको भन्दै विवादमा परेको छ । एजेन्सी

प्रकाशित: ४ बैशाख २०७७, बिहीबार

Comments are closed.

Loading...