एप्पलको आईफोन एसई २०२० अर्को साता लन्च हुनसक्ने, अहिलेसम्मकै सबैभन्दा सस्तो आईफोन

Technology Khabar ३ बैशाख २०७७, बुधबार

एप्पलको आईफोन एसई २०२० अर्को साता लन्च हुनसक्ने, अहिलेसम्मकै सबैभन्दा सस्तो आईफोन
Classic Tech
Nepal Telecom

एप्पलको चर्चामा रहेको आगामी आईफोन एसई २०२० स्मार्टफोन अर्को हप्ता सार्वजनिक हुने भएको छ।

एप्पलले आगामी आईफोन एसईमा आईफोन ८ को डिजाइन प्रयोग गरिने जानकारी दिएको थियो । हाल फेरी यस बारेमा नयाँ जानकारी बाहिर आएको छ।

एप्पललाई ट्र्याकिंग गर्ने विशेषज्ञ जेफ पूलाई उद्धृत गर्दै आएको रिपोर्टअनुसार आईफोन १२ सीरिजका केही इकाईहरू सेप्टेम्बरको सट्टा अक्टूबरमा लन्च गर्न सकिनेछ भनेर बताईएको छ। यदि आईफोन १२ सिरिजको बारेमा यो दाबी सत्य प्रमाणित भएमा यो पहिलो पटक हुनेछैन् ।

एप्पलले यसअघि पनि छोटो अन्तरालमा फरक फरक यूनिटका स्मार्टफोनहरु लन्च गरिसकेको छ। यसअघि सन् २०१८ मा, आईफोन एक्सएस र आईफोन एक्सएस म्याक्स सेप्टेम्बरमा लन्च भयो र त्यसपछि अक्टुबरमा आईफोन एक्सआर लन्च भयो ।

हालसम्म, एप्पलले आईफोन एसई २०२०बारेमा केहि भनेको छैन भने आईफोन १२ लन्च गर्ने सम्बन्धमा पनि आधिकारिक बयान गरेको छैन्।

जेफ पूलाई उद्धृत गर्दै आएको म्याकर्यूमरको रिपोर्ट अनुसार आईफोन एसई २०२०, आईफोन एसईको अपग्रेड संस्करण हुनेछ र यसलाई जति सक्दो चाँडो लन्च गरिने छ।

अर्को रिपोर्टमा भने एप्पलको सबैभन्दा नयाँ किफायती स्मार्टफोनलाई आईफोन एसई २०२० नाममा ल्याईनेछ । यसअघिको रिपोर्टअनुसार बजेट स्मार्टफोनलाई आईफोन ९ वा आईफोन एसई २ हुन सक्ने बताईएको छ। यो पनि भनिएको थियो कि नयाँ आईफोन एसई स्मार्टफोन २०१७ मा लन्च गरिएको आईफोन ८ को अपग्रेड संस्करण हुनेछ।

आईफोन एसई फोनमा ४.७ इन्चको डिस्प्ले, टच आईडी होम बटन, ए१३ बायोचिप, ३ जीबी र्याम र २५६ जीबी स्टोरेज हुन सक्छ। एजेन्सी

TK Viber

प्रकाशित: ३ बैशाख २०७७, बुधबार

Comments are closed.

Loading...