पबजीको मोबाइल सिजन १३ आउँदै, खेलौनामा आधारित ‘टोय प्लेग्राउन्ड’ नाममा आउने

Technology Khabar २ बैशाख २०७७, मंगलवार

पबजीको मोबाइल सिजन १३ आउँदै, खेलौनामा आधारित ‘टोय प्लेग्राउन्ड’ नाममा आउने

काठमाडौं ।

पबजी मोबाइल यस समयमा सबैभन्दा लोकप्रिय मोबाइल खेल हो। यो एक ब्याटल रोयल खेल हो, जुन सिजनको आधारमा चल्दछ। हाल, PUBG मोबाइल सिजन १२ चलिरहेको छ, जुन गएको मार्चको शुरूमा रिलीज भएको थियो ।

मोबाइल सिजन १२ लन्च भएको एक महिना मात्र भएको छ तर अहिले पबजीको मोबाइल सिजन १३ को सम्बन्धमा रिपोर्ट आउन थालेको छ। आगामी पबजी मोबाइल सिजन ‘टोय प्लेग्राउन्ड’ को नाममा आउन सक्नेछ र यसको नामले नै सुझाव दिन्छ कि यो सिजनको विषयवस्तु खेलौनामा आधारित हुनेछ।

यस सिजनमा लीगो-थिममा आधारित भएर र‌ंगीन बन्दुक र क्यारेक्टरहरुको स्कीनमा प्रस्तुत हुनेछ, उदाहरणको लागि टेलिभिजन श्रृंखला पावर रेंजर्समा देखिने सूपरहिरो अनुसार।

मिस्टरगोस्ट नामक गेमिङ्ग युट्यूबकाअनुसार, पबजी मोबाइल सीजन १३ लाई टोय प्लेग्राउण्ड भनिनेछ। यसमा उपलब्ध हुने एक्सेसरिज र हतियारहरु खेलौनाका जस्तै सामान हुनेछ।

सो यूट्यूबरद्धारा साझा गरिएको भिडियोमा एक गेममा भेक्टर गन र एउटा पिस्तोललाई रंगीन लीगो वा पावर रेन्जर थिममा देख्न सकिन्छ। भिडियोमा क्यारेक्टरको स्कीन पावर रेन्जर्ससँग पनि मिल्दछ। पबजी मोबाइल सीजन १३ रोयल पासको साथमा, खेलाडीहरूले नयाँ एयूजी स्कीन र लेभल ३ स्की हेलमेट निःशुल्क पनि प्राप्त गर्न सक्दछन्।

यदि खेलाडीहरूले रोयल पास खरीद गर्छन् भने उनीहरूसँग कस्ट्यूम रिवार्डको अप्सनहरु पनि हुनेछन्, जसमा लावा सुपरम्यान र फ्ल्यास सुपरम्यान कस्ट्युम छन्।

भिडियोले एक विशेष ट्राइबल (आदिवासी) सेट पनि देखाईएको छ, जसमा एक व्यक्तिले भेडाको टाउकाको मास्क र यस्तै प्रकारको थिम गरिएको पोसाक लगाएको देखिन्छ। यद्यपि यो कस्ट्यूम कसरी फेला पर्नेछ भनेर स्पष्ट छैन। यस बाहेक एंडी नामको एक नयाँ चरित्रलाई पनि पबजी मोबाइल सीजन १३  मा प्रस्तुत गर्न सक्ने संभावना रहेको छ। धेरै नयाँ भ्वाइस च्याट विकल्पहरू पनि भिडियोमा देखा परेका छन्।

पबजी बनाउने कम्पनीले भने यस बारेमा हालसम्म केहि आधिकारीक जानकारी सार्वजनिक गरेको छैन् ।

 

 

easy care

प्रकाशित: २ बैशाख २०७७, मंगलवार