इन्स्टाग्रामको डेस्कटप भर्सनमा सिधै मेसेज प्राप्त गर्ने सुविधा, मोबाइल एपको जस्तै फीचर उपलब्ध

Technology Khabar १ बैशाख २०७७, सोमबार

इन्स्टाग्रामको डेस्कटप भर्सनमा सिधै मेसेज प्राप्त गर्ने सुविधा, मोबाइल एपको जस्तै फीचर उपलब्ध

काठमाडौं ।

इन्स्टाग्रामले यूजर्सले लामो समयदेखि कुरिरहेको नयाँ फीचर हालै रोलआउट गरेको छ । फेसबुकको अधिनमा रहेको कम्पनीले हालै यूजर्सले एप नखोलिकन नै आफ्ना साथीहरुलाई मेसेज पठाउन सक्नेछन् ।

कम्पनीले हालै डिएम्स अर्थात डाइरेक्ट मेसेज सपोर्टको सुबिधा दिएको छ। जसअन्तरगत यूजर्सले अब डेस्कटप वा ल्यापटपबाट नै मेसेज पठाउन सक्नेछ ।

नयाँ फीचरको बारेमा इन्स्टाग्रामले आफ्नो अफिशियल ट्विटर एकाउन्टबाट दिएको हो । जसमा भनिएको छ, स्लाईडीङ्ग इनटू योर डिएम्स अब डेस्कटपबाट पनि इन्स्टाग्राम मेसेज पठाउन तथा प्राप्त गर्न सकिनेछ, तपाईँ विश्वको जहाँ भएपनि कुनै फरक पर्दैन् ।

डेस्कटपका लागि दिईएको यो एपको नयाँ फीचर मोबाइल एपको जस्तै काम गर्दछ ।

यसमा पनि तपाईँले पठाएको मेसेजको सिन स्टेटसलाई हेर्न सक्नुहुनेछ । मेसेजमा दुईपटक क्लिक गरेर त्यसलाई लाइक पनि गर्न सकिन्छ । साथै यसमा पनि मोबाइलको जस्तै फोटो शेयर गर्ने सुविधा छ । यसमा ग्रुप बनाउने सुविधा पनि छ ।

यसबाहेक इन्स्टाग्राम डेस्कटपमा पनि यूजरले एपको नोटिफिकेसन्सलाई एक्टिभ गरेर सबै नोटिफिकेसन प्राप्त गर्न सक्नेछ ।

Global Bank
easy care

प्रकाशित: १ बैशाख २०७७, सोमबार