फेसबुकका सिईओ मार्क जूकरबर्गको सुरक्षा र यात्रामा मात्रै २ करोड ३४ लाख डलर खर्च

Technology Khabar १ बैशाख २०७७, सोमबार

फेसबुकका सिईओ मार्क जूकरबर्गको सुरक्षा र यात्रामा मात्रै २ करोड ३४ लाख डलर खर्च

काठमाडौं ।

फेसबुकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिईओ) मार्क जूकरबर्गको सुरक्षा र यात्रामा मात्र कम्पनीले २ करोड ३४ लाख डलर खर्च गर्ने गरेको छ ।

कम्पनीले आफ्नो सिईओको लागि गर्ने खर्च अघिल्लो वर्ष २०१८ को तुलनामा सन् २०१९ मा ३४ लाख डलरले वृद्धि गरेको छ ।

हालै आएको एक रिपोर्टअनुसार फेसबुकले नियामक निकायमा दर्ता गरेको वित्तीय बिबरणअनुसार सामाजिक संजाल फेसबुकले जूकरबर्गको लागि मात्रै प्राइभेट प्लेनको लागि २९ लाख५० हजार डलर खर्च गरेको छ।

सो खर्च भित्र उनको लागि र उनको परिवारको सुरक्षाको लागि मात्रै अतिरिक्त १ करोड डलर रहेको छ ।

फेसबुकले सन् २०१८ मा निजी सुरक्षाको लागि ९९ लाख ५० हजार डलर खर्च गरेको थियो भने सन् २०१७ मा त्यस्तो रकम केबल ७५ लाख डलर रहेको फेसबुकले अमेरिकाको सेक्यूरिटीज एक्सचेन्ज कमिसनमा शुक्रबार दर्ता गरेको बिबरणमा उल्लेख छ ।

सिईओ जूकरबर्गले कम्पनीबाट केबल १ अमेरिकी डलर मात्र वार्षिक तलब लिने गर्दछन् तर उनको क्षतिपूर्ति कम भने सन् २०१८ मा २ करोड २६लाख डलर थियो ।

त्यसैगरि फेसबुककी चिफ अपरेटिङ्ग अफिसनर सेरिल स्याण्डबर्गले सन् २०१९ मा ८ लख ७५ हजार भन्दा केहि बढि रकम लिएकी छिन् । जून रकम सन् २०१८ को ८ लाख ४३ हजार भन्दा बढि हो ।

स्याण्डबर्गले बोनसको रुपमा भने ९ लाख २ हजार ७४० डलर घर लगेकी थिईन जून सन् २०१८ मा ६ लाख ३८ हजार मात्र थियो ।

स्याण्डबर्गको व्यक्तिगत सुरक्षामा पनि कम्पनीले सन् २०१९ मा ४३ लाख ७० हजार डलर खर्च गरेको छ । यस्तो खर्च सन् २०१८ मा २९ लाख मात्र थियो ।

‘हाम्रो कम्पनीको उच्च पहिचानले गर्दा हाम्रो कम्पेनसेसन, नोमिनेटिङ एण्ड गभर्नेन्स कमिटीले जूकरबर्गका लागि समग्र सुरक्षा कार्यक्रमको अनुमति दिएको छ, जसमा हाम्रो फाउण्डर, सिईओ, चेयरम्यान र नियन्त्रण गर्ने स्टेकहोल्डरको कारणले उनीमाथि सिधै विशेष जोखिमहरु रहेको हुँदा उनको सुरक्षा सम्बोधन गर्न अनुमति दिएको छ,’ विबरणमा उल्लेख छ ।

स्याण्डबर्गको व्यक्तिगत सुरक्षामा पनि उनी कम्पनीको सिईओ भएको कारण जोखिम रहेको हुँदा कमिटीले सुरक्षा प्रदान गर्ने अधिकार दिएको बताईएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १ बैशाख २०७७, सोमबार