Technology Khabar ३० चैत्र २०७६, आईतवार
काठमाडौं ।
प्रभु पेले स्मार्टफोन नहुने मोबाइल प्रयोगकर्ताहरुका लागि मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी) लेखिएका फीचरफोन (बारफोन) बाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिनेछ ।
उक्त सेवा युएसएसडीमार्फत मोवाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, टेलिभिजन बिल भुक्तानी तथा इन्टरनेट लगायतका बिल भुक्तानी घर बसी बसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’बाट यो सेवा संचालन गर्न सक्नेछन् ।
कम्पनीकाअनुसार कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै सम्पूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बञ्चित भइरहेकोले प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुनसक्नेछ ।
सुदुरपश्चिम क्षेत्रमा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्टफोन पनि नहुने र हिँडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पेले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदानप्रदान गर्दा शुल्क नलाग्ने कम्पनीले जनाएको छ।
कसरी यो सेवा प्रयोग गर्ने
एनसेलको सिम भएका साधारण फोन प्रयोगकर्ताले rg सहित कम्तिमा ४ डिजिटको आफूले रोजेको नम्बर (mpin) लेखी ३१०४१ मा एसएमएस गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु-पेमा रजिष्टर्ड हुन्छ ।
प्रयोगकर्ताले आफ्नो मोबाइलमा *31041*mpin# लेखेर डायल गरेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र सोही आधारमा सम्पूर्ण सुबिधा प्रयोग गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफूलाई चाहिएको सुबिधा अनुसार कारोबार गर्न सक्नेछन् ।
प्रकाशित: ३० चैत्र २०७६, आईतवार