एनसेलले पूँजीगत लाभकर बापतको सबै रकम चुक्ता गर्यो

Technology Khabar ३० चैत्र २०७६, आईतवार

एनसेलले पूँजीगत लाभकर बापतको सबै रकम चुक्ता गर्यो
फाइल

काठमाडौं ।

मोबाइल अपरेटर एनसेल प्रालिले सरकारलाई तिर्नुपर्ने आफ्नो सबै लाभकर चुक्ता गरेको छ । कम्पनीले आईतवार ठूला करदाता कार्यालयमा बाँकी रहेको लाभकर तिरेसँगै आफूले तिर्नुपर्ने सबै लाभकर चुक्ता गरेको हो।

कम्पनीले अन्तिम किस्ता बापत करिब १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर आज तिरेको हो । आज लाभकर भुक्तानी गरेपछि कम्पनीसँग अब कुनै लाभकर दायित्व रहनेछैन् ।

यसअघि कम्पनीले पुस १५ मा ४ अर्ब५० करोड रुपैयाँ लाभकर कर कार्यालयमा तिरेको थियो भने गत साता चैत १८ गते  एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ रकम तिरेको थियो । लाभकरको बाँकी रकम आज तिरेको हो ।

कम्पनीले आफ्नो बाँकी पूँजीगत लाभकर चुक्ता गर्न विभिन्न बैंकहरुसँग ऋण लिएको थियो ।

यसअघि सर्वोच्च अदालतले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । अदालतको निर्णयअनुसार नै  ठूला करदाता कार्यालयले उसलाई जरिवानासमेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन पत्र पठाएको थियो ।

easy care

प्रकाशित: ३० चैत्र २०७६, आईतवार