Technology Khabar ३० चैत्र २०७६, आईतवार
काठमाडौं ।
सामसङले फेब्रुअरीमा स्मार्टफोनको ग्यालेक्सी एस २० लाईनअप लन्च गरेको थियो र अब भने नेक्स्ट जेनेरेशनको ग्यालेक्सी एस-सीरीज फोनका बारे जानकारीहरु आउन थालेको छ।
हालै आएको एक रिपोर्टअनुसार कम्पनीले आफ्नो नयाँ फोन ग्यालेक्सी एस२१ मा अण्डर डिस्प्ले सेल्फी क्यामरा राख्नेछ ।
हालै एक टिपस्टरले ग्यालेक्सी एस २१ (सम्भावित नाम) मा अण्डर डिस्प्ले सेल्फी क्यामेरा दिइने दाबी गरेको हो।
यस अघिदेखि नै कम्पनीहरूले निरन्तररुपमा फूल स्क्रीन फोनहरू बनाउन कोशिस गरिरहेको हुनाले अण्डर डिप्ले सेल्फी क्यामेरा स्पष्ट रूपमा ल्याउन सकिन्छ।
टिपस्टर आइस यूनिभर्सले एक ट्वीटमा सामसङले अन्डर डिस्प्ले सेल्फी क्यामरा टेक्नोलोजी परीक्षण गर्दै गरेको जानकारी दिएका छन् । ट्वीटमा यो पनि भनिएको छ कि सामसङले ग्यालेक्सी एस२१ मा पहिले अण्डर स्क्रिन क्यामरा टेक्नोलोजी राख्न सक्नेछ। टिपस्टरले ग्यालेक्सी एस२१ मात्र भनेको हुँदा यसले आउँदो जेनरेशनको ग्यालेक्सी एस सीरिज फोनलाई ग्यालेक्सी एस२१ भनिएको बुझ्न सकिन्छ ।
तर यो एक अनुमान मात्र हुनसक्नेछ किनकी कम्पनीले ग्यालेक्सी एस१० पछि एकैपटक एस२० लन्च गरेको थियो ।
यस पहिले ओपो र शाओमीले अण्डर डिस्प्ले सेल्फी क्यामराको साथमा प्रोटोटाइप फोनहरू प्रदर्शन गरिसकेका छन्। तर, साममोबाइलका रिपोर्टका अनुसार, यी मोबाइलहरुको क्यामराले खिचेका तस्वीरहरु भने त्यति राम्रा राम्रा थिएनन् ।
समस्या यो थियो कि सेल्फी क्यामेरा राखिएको स्थानमा कम लाईट र पिक्सेल काउन्ट थियो। यो रिपोर्टमा यो पनि भनिएको थियो कि सामसङले विश्वमा सबैभन्दा उत्कृष्ट ओएलईडी प्यानल बनाउँछ। यस्तो अवस्थामा, यो समस्यालाई केबल समाधान गर्न सामसङले मात्र सक्दछ । एजेन्सी
प्रकाशित: ३० चैत्र २०७६, आईतवार