रोयल एनफील्डको क्लासिक बुलेट बाईक अब इलेक्ट्रिक भर्सनमा, एक चार्जमा ११२ किमी कुद्नसक्ने

Technology Khabar २९ चैत्र २०७६, शनिबार

रोयल एनफील्डको क्लासिक बुलेट बाईक अब इलेक्ट्रिक भर्सनमा, एक चार्जमा ११२ किमी कुद्नसक्ने

काठमाडौं ।

चर्चित बेलायती मोटरसाइकल ब्राण्ड रोयल एनफील्डको क्लासिक बुलेट बाईक अब इलेक्ट्रिक भर्सनमा आएको छ । ब्रिटिश कम्पनी इलेक्ट्रिक क्लासिक कारले बुलेटलाई इलेक्ट्रिक भर्सनमा परिवर्तन गरेर ल्याएको हो जसको नाम फोटोन राखिएकोछ ।

कम्पनीले बुलेट बााइकको चेसिस, सस्पेन्सनमा कयौं परिवर्तन गरि यसलाई इलेक्ट्रिक भर्सनमामा ल्याएको हो । हेर्दा यो फोटोन बुलेट परम्परागत बुलेट बाइक जस्तै देखिन्छ तर यसको इन्जिनको स्थानमा ब्याट्री प्याक राखिएको छ ।

यसबाहेक यसमा एलईडी हेडल्याम्प जडान गरिएको छ जसको बिचमा रिंग शेपको एलईडी डिआरएल फिट गरिएको छ ।

बुलेटको इलेक्ट्रिक भर्सनको मूल्य करिब ३० लाख रुपैयाँ बराबर रहेको छ ।
रिपोर्टकाअनुसार यो इलेक्ट्रिक भर्सनको बुलेटमा २.५ किलोवाटको ठूलो ब्याट्री प्याक राखिएको छ जून थ्रीडी प्रिन्टेड प्यानलसहितको छ । बाइकमा १३ किलोवाटको वाटर कूल्ड इलेक्ट्रिक मोटर राखिएको छ जसले रियर ह्वील्सलाई पावर दिन्छ । यो बाइकमा १६ हर्स पावरको उर्जा उत्सर्जन गर्दछ ।

इलेक्ट्रिक भर्सनको बुलेट बाईक फोटोन ४८ किलोमिटर प्रतिघण्टादेखि ८० किमी पुग्न केबल ६ सेकेण्डको समय लिन्छ भने यो बाइकको टप स्पीड ११२ किमी प्रति घण्टा रहेको छ । कम्पनीकाअनुसार यो एक चार्जमा १६० किलोमिटरसम्म कुद्न सक्दछ ।

यो बाईकका साथमा ७ किलोवाटको चार्जर उपलब्ध रहेको छ जसले केबल ९० मिनेटमा फुल चार्ज गर्न सक्दछ । एजेन्सी

easy care

प्रकाशित: २९ चैत्र २०७६, शनिबार

ताजा समाचार