नक्कली फिंगरप्रिन्टद्धारा अहिलेका ८० प्रतिशत स्मार्टफोनहरु अनलक गर्न सकिनेः अनुसन्धान

Technology Khabar २९ चैत्र २०७६, शनिबार

नक्कली फिंगरप्रिन्टद्धारा अहिलेका ८० प्रतिशत स्मार्टफोनहरु अनलक गर्न सकिनेः अनुसन्धान

काठमाडौं ।

फिंगरप्रिन्ट सेन्सरको प्रयोग स्मार्टफोनलाई अधिक सुरक्षित बनाउन प्रयोग गर्ने गरिन्छ । यो एउटा बायोमेट्रिक तरीका हो जून पछिल्लो समयमा स्मार्टफोनको आवश्यक फीचर भएको छ।

तर हालै आएको एक अनुसन्धानले भने फिंगरप्रिन्ट सेन्सरका साथमा स्मार्टफोन सुरक्षित नभएको बताएको छ । यसको अर्थ नक्कली फिंगरप्रिन्टको माध्यमबाट तपाईँको स्मार्टफोनलाई खोल्न सकिन्छ ।

टालोस सेक्यूरिटी ग्रुपको एक रिपोर्टअनुसार उनीहरुले केहि महिनाको समयमा एप्पल, माइक्रोसफ्ट, सामसङसमेत कयौं अन्य स्मार्टफोन निर्माताहरुको डिभाइसमा फिंगरप्रिन्ट रिकग्निशन परिक्षण गर्नका लागि २ हजार डलर खर्च गरेका थिए ।

सो रिपोर्टअनुसार परीक्षणको परिणामले नक्कली फिंगरप्रिन्टले तपाईँको फोन अनलक गर्न सकिन्छ। ८० प्रतिशत स्मार्टफोनहरु फेक फिंगरप्रिन्टद्धारा अनलक हुनसक्छन् ।

रिपोर्टअनुसार, यो तथ्यांक ती अनुसन्धान डाटाहरुमा आधारित छन जसमा अनुसन्धानकर्ताहरुले नक्कली फिंगरप्रिन्ट डिभाइसहरु बनाउनका लागि २० पटक प्रयास गरेका थिए ।

‘फेक फिंगरप्रिन्टद्धारा फोन अनलक गर्ने यो सफल तथ्यांकले बताउँछ की कुनैपनि टेस्टेड डिभाइसलाई अनलक गर्ने प्रयास निकै अधिक छ जबसम्म त्यसलाई पिन अनलकिङ्गमा ल्याईँदैन्,’ अनुसन्धानकर्ताहरुले भने ।

यसका साथै अध्ययनअनुसार अधिकतम डिभाइस जसलाई फेक फिंगरप्रिन्टद्धारा खोल्न सकिन्छ, त्यसमा प्याडलक्स डिभाइसहरु छन् । जस्तो आईफोन ८, म्याकबुक प्रो २०१८ र सामसङ ग्यालेक्सी एस१० । यी डिभाइसहरुको नक्कली फिंगरप्रिन्टको माध्यमबाट खुल्ने संभावना ९० प्रतिशत भन्दा अधिक छ । यसको कारणमा फिंगरप्रिन्ट अनलक गर्ने मुख्य लजिक हुन्छ त्यो फिंगरप्रिन्टको अनुमान लगाउनु, जसलाई डिभाइसमा इन्टर गरिएको छ ।

अझ महत्वपूर्ण भनेको मिडरेन्जको डिभाइस सामसङ ग्यालेक्सी ए७० स्मार्टफोनलाई नक्कली फिंगरप्रिन्टद्धारा खोल्न सकिएन् । यसले फेक फिंगरप्रिन्टलाई ब्लक गरिदियो । तर यसमा अथेन्टिकेसन रेट भने निकै कम रहेको रिसर्चरले बताए ।

रिसर्चरकाअनुसार कुनैपनि प्रविधि पूर्णरुपमा सुरक्षित छैन् । टेक्नोलोजी एडभान्स हुनुको अर्थ शतप्रतिशत सुरक्षित छ भन्ने होईन् । तर सेक्यूरिटीमा अनधिकृत प्रवेशलाई कसरी रोक्नेभन्ने विषय महत्वपूर्ण हो । एजेन्सी

easy care

प्रकाशित: २९ चैत्र २०७६, शनिबार

ताजा समाचार