त्रिभुवन विश्वविद्यालयका अध्यापकहरुको डाटा ह्याक, प्रभु मनी ट्रान्सफरको डाटा लिएको ह्याकरको दाबी

Technology Khabar २९ चैत्र २०७६, शनिबार

त्रिभुवन विश्वविद्यालयका अध्यापकहरुको डाटा ह्याक, प्रभु मनी ट्रान्सफरको डाटा लिएको ह्याकरको दाबी
सांकेतिक

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय र सिटिईभिटीमा कार्यरत कर्मचारीहरु तथा अध्यापकहरुको डाटा ह्याक गरिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगत कार्यरत अध्यापकहरुको डाटा एक ह्याकरले लीक गरिदिएको हो ।

हालै सातान नामक ट्विटर ह्याण्डलमार्फत ह्याकरले त्रिभुवन विश्वविद्यालय र सिटिईभिटीका अध्यापकहरुको नाम, विभाग र ईमेल एड्रेस सार्वजनिक गरिदिएको हो । जहाँ उनीहरुको पदसहित ब्लड ग्रुपसमेत सार्वजनिक गरिएको छ ।

सो बिबरणमा त्रिभुवन विश्वविद्यालयका १ सय ५० भन्दा बढि अध्यापकहरुको बिबरण रहेको छ भने अधिकांश चिकित्साशास्त्रमा कार्यरत रहेको देखिन्छ ।

ह्याकरले सिटिईभिटीको समेत डाटा लीक गरिदिने चेतावनी दिएको थियो ।

यसअघि सोहि ह्याकरले प्रभु ग्रुप अन्तरगतको प्रभु मनी ट्रान्सफरको डाटाहरु ब्रीच गरेको दाबी गरेको थियो । कम्पनीको करिब ४०० प्रभु मनी ट्रान्सफरका सेवा प्रयोगकर्ताहरुको डाटा ह्याकरले शुक्रबार बेलुका ह्याक गरेर सार्वजनिक गरिदिएको उल्लेख गरेको छ ।

सातान नामक ह्याकरले आफ्नो ट्विटर एकाउन्टबाट प्रभु मनी ट्रान्सफरको डाटाहरु ह्याक गर्ने चेतावनी दिएको थियो ।

उनले सो कम्पनीको बैंकिङ्ग तथा अन्य सिस्टमहरुमा सेक्यूरिटी कमजोरी भएको भन्दै त्यसको बारेमा यसअघि नै सचेत गराएको दाबी गरेको छ । जहाँ उसले यसअघिको भायनेटको डाटाब्रिचको जस्तै घट्ना गराईदिने चेतावनी दिएको थियो । ह्याकरले आफ्नो सिस्टमलाई सचेत बनाउन भन्दै बेलुका ८ बजे त्यसको डेमो देखाउने उल्लेख गरेको थियो ।तर लीक भएका डाटाहरु प्रभु मनी ट्रान्सफरको नै हो भन्ने कुनै स्वत्रन्त्र पुष्टि भने भएको छैन् । प्रभु मनी ट्रान्सफरको दाबी गरिएका डाटाहरु अहिले भने हटाईएको छ ।

त्यसैगरि ह्याकरले नेपाली कांग्रेसको डाटा समेत ह्याक गर्ने चेतावनी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: २९ चैत्र २०७६, शनिबार

ताजा समाचार