गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताईवानसम्म सबमरिन केबल संचालन गर्दै

Technology Khabar २९ चैत्र २०७६, शनिबार

गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताईवानसम्म सबमरिन केबल संचालन गर्दै

काठमाडौं ।

गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताइवानसम्म समुद्रीमार्ग हुँदै इन्टरनेट केबल बिछछ्याउने भएको छ । अमेरिकाको फेडरल कम्युनिकेशन कमिसनले हालै गूगलको सहायक कम्पनी जीयू होल्डिङ्गलाई सबमरिन फाइबर बिछ्याउन अधिकार दिएको छ ।

यो सबमसिन अप्टिकल फाइबरले अमेरिका र ताइवानलाई सम्पर्क गराउनेछ । तर यो अप्टिकल केबल हंगकंगसम्म बिस्तार गर्न भने रोकेको छ ।

यसले ग्लोबल इन्टरनेटलाई क्षेत्रिय तहमा छुट्याउन सहज हुने बताईएको छ ।
प्यासिफिक लाइट डाटा कम्युनिकेशनले संचालन गर्ने सो केबल जसलाई चीनको मुख्यभुमीसँग जोडिने कुराले गर्दा वर्षौंदेखि ढिलाई भईरहेको थियो ।

अमेरिकामा ट्रम्प प्रशासनले टिम टेलिकममार्फत समग्र प्रकृयालाई पुन विश्लेषण गरेको छ, जसले हंगकंगसम्म सिधा लिंक गर्दा अमेरिकाको इन्टरनेट पूर्वाधारलाई जोखिम हुनसक्ने आंकलन गरेको छ ।

सो समूहले हालैमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले कामगर्न स्वीकृती दिएको आदेश प्राप्त गरेको थियो ।

सो सबमरिन अप्किल फाइबर केबल बिछ्याउनुको उद्धेश्य अमेरिकालाई ताईवान, हंगकंग र फिलिपिन्ससँग जोड्नु हो । जसलाई गूगलले प्रस्ताव गरेको थियो भने फेसबुक जस्ता अन्य टेक कम्पनीहरुले आफ्नो घरेलु डाटासेन्टरबाट ठूलोमात्रामा सूचना र डाटाहरु आदानप्रदान गर्न चाहनु हो । उनीहरुले पछिल्लो दिनमा तिब्रगतिमा वृद्धि हुँदै गएको एशिया प्यासिफिक रिजनमा ध्यान दिनका लागि हो ।

सो केबल संचालन कम्पनीमा सन् २०१७ मा डा. पेंग टेलिकम एण्ड मिडिया ग्रुपले शेयर लिएपछि अमेरिकाले सुरक्षा चासो देखाएको थियो जसले गर्दा परियोजनामा ढिलाई हुँदै आएको थियो ।

गूगलको सहायक कम्पनीले सो परियोजनामा राष्ट्रिय सुरक्षा सिमिततालाई स्वीकार गरेको छ । जसले नेटवर्क संचालन प्रकृयाको बारेमा अमेरिकी सरकारलाई जानकारी दिनेछ।

गूगलले हंगकंगसम्म सम्पर्क गर्ने केबल परियोजना भने हाल कमिसनमा रोकिएको जनाएको छ । एजेन्सी

easy care

प्रकाशित: २९ चैत्र २०७६, शनिबार