गूगलले एन्ड्रोयड डिभाइसका लागि ‘ब्रेल कीबोर्ड’ लन्च गर्यो, दृष्टिबिहिनले स्मार्टफोनमा टाइप गर्न सक्ने

Technology Khabar २८ चैत्र २०७६, शुक्रबार

गूगलले एन्ड्रोयड डिभाइसका लागि ‘ब्रेल कीबोर्ड’ लन्च गर्यो, दृष्टिबिहिनले स्मार्टफोनमा टाइप गर्न सक्ने

गूगलले हालै दृष्टिबिहिन मानिसहलाई ध्यानमा राखेर भर्चुअल किबोर्ड फीचर ल्याएको छ । यसअघि नै गूगलले श्रृंखलाबद्धरुपमा असक्तहरुलाई ध्यानमा राखेर एन्ड्रोयड फोनको प्रयोगमा सहजिकरण गरिरहेको छ । जसमा टेक्स्ट टू स्पीच, अन डिमाण्ड रिडिङ्ग, सबटाइटल, र अन्य फंगसनहरु रहेका छन् ।

अहिले भने गूगलले नयाँ फीचर टकब्याक सर्भिसमा नयाँ फीचर थप गरेको हो । जसलाई भर्चुअल ब्रेल कीबोर्डमार्फत दृष्टिबिहिन मानिसहरुले पनि उनीहरुको स्मार्टफोनमा बिना कुनै थप हार्डवेयरको प्रयोग गरेर टाइप गर्न सक्नेछन् । यो सुबिधा जो ‘टकब्याक भ्वाइस प्रम्ट’ सुन्न सक्दैनन उनीहरुको लागि उपयोगी हुनेछ ।

गूगलले ब्रेल डेभलपर्स र यूजर्ससँग काम गरिरहेको र त्यसैको आधारमा यो भर्चुअल कीबोर्ड विकास गरिएको बताएको छ । जसले यसअघि देखि नै ब्रेलमा टाइप गरिरहेको थियो उनीहरु जोसुकैले पनि यो कीबोर्डसँग परिचित हुने बताईएको छ ।

सो भर्चुअल कीबोर्डमा ६ वटा की लेआउट रहेका छन्, जसमा १ देखि ६ ब्रेल प्वाइन्ट छन्, जसले अक्षर वा संकेत देखाउनेछ ।

यूजर्सले सो कीबोर्डलाई अक्षरहरु र शब्दहरु डिलिट गर्न, लाईनहरु थप गर्न, र टेक्स्ट सबमिट गर्न समेत प्रयोग गर्न सक्नेछ्न।

रिपोर्टकाअनुसार एन्ड्रोयड एक्सेसिबिलिटी सूईटको अंगको रुपमा यो कीबोर्डलाई टकब्याक सर्भिससँग एकिकृत गरिने छ ।

यो फीचर एन्ड्रोयड ५.० भर्सन वा सो भन्दा माथिका सम्पूर्ण स्मार्टफोनहरुमा उपलब्ध हुनेछ ।

‘हाम्रो मिसनको एक भागको रुपमा विश्वको सूचनाहरु समानरुपमा पहुँचमा पुर्याउनु हो । यो कीबोर्डले ब्यापकरुपमा ब्रेल शिक्षालाई फैलाउने छ र दृष्टिबिहिन र कमजोर दृष्टि भएका मानिसहरुलाई सहयोग पुर्याउनेछ,’ एन्ड्रोयड एक्सेसबिलिटी प्रोडक्ट म्यानेजर ब्राईन केमलरले ब्लग पोस्टमा भनेका छन् ।

यो फीचर सबै एप्लिकेसनहरुका लागि उपयुक्त रहेको छ भने यसले लेभल १ र लेभल २ ब्रेल सपोर्ट गर्दछ । यो हाल अंग्रेजी भाषामा मात्र उपलब्ध रहेको छ ।

गूगलको ब्रेल कीबोर्ड एक्टिभ गर्दा टकब्याक जेस्चर भने उपलब्ध नहुने बताईएको छ । एजेन्सी

प्रकाशित: २८ चैत्र २०७६, शुक्रबार

Comments are closed.

Loading...