टेस्लाले चिनियाँ बजारमा रेकर्ड संख्यामा इलेक्ट्रिक कार बेच्यो

Technology Khabar २८ चैत्र २०७६, शुक्रबार

टेस्लाले चिनियाँ बजारमा रेकर्ड संख्यामा इलेक्ट्रिक कार बेच्यो

काठमाडौं ।

टेस्ला इंकले चीनमा गएको मार्च महिनामा १० हजार भन्दा बढि इलेक्ट्रिक कारहरु बिक्री गरेको छ । कम्पनीले बिक्री गरेको १०,१६० वटा कार अहिलेसम्मकै सबैभन्दा धेरै मासिक बिक्री भएको बताईएको छ ।

चीनमा टेस्लाले गरेको सो बिक्री रेकर्ड अहिलेसम्मकै सबैभन्दा धेरै भएको चाइना प्यासेन्जर कार एसोसिएसनले बताएको छ ।

टेस्लाले आफ्नो सांघाईमा रहेको फ्याक्ट्रिबाट मोडल ३ सेडान १ लाख ५० हजारवटा उत्पादन गर्ने अपेक्षा गरेको छ । टेस्लाको सो फ्याक्ट्रि २ अर्ब डलरमा निर्माण गरिएको हो ।

कम्पनीको मार्चको सो बिक्री संख्या चीनमा बिक्री हुने कुल इलेक्ट्रिक भेहिकलमध्ये करिब ३० प्रतिशत भएको एसोसिएसनले बताएको छ ।
टेस्लाले गएको फरबरीमा ३,९०० यूनिट र जनवरीमा २,६२० वटा यूनिट बिक्री गरेको थियो ।

तर समग्र प्यासेन्जर कार बिक्री मार्चमा भने ४०.८ प्रतिशतको कमी आएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २८ चैत्र २०७६, शुक्रबार

ताजा समाचार