सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता नभएको दूरसंचार प्राधिकरणको भनाई

Technology Khabar २८ चैत्र २०७६, शुक्रबार

सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता नभएको दूरसंचार प्राधिकरणको भनाई
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता नभएको भन्दै संचारमाध्यममा आएका समाचारहरु भ्रामक भएको जनाएको छ । प्राधिकरणले हालै प्रेस विज्ञप्ति जारी गर्दै सूचना प्रविधि प्रयोगशाला स्थापनामा अनियमितता नभएको दाबी गरेको हो ।

प्राधिकरणले हाल १ हजार वटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा ब्यवस्थापन गर्न प्राधिकरणले कानून बमोजिम नियमानूसार खरिद प्रकृया अपनाई काम अगाडि बढाईएको जानकारी दिएको छ।

सात वटै प्रदेशका ७७ जिल्ला तथा ७५३ वटा स्थानिय निकायमा सूचना प्रविधि प्रयोगशाला स्थापना व्यवस्थापन, ढुवानी, मर्मत तथा तालिम समेत प्रदान गर्ने कार्य गर्न खरिद ऐन तथा प्राधिकरणको विनियमावलीको अधिनमा रहि काम गरिएको प्राधिकरणको भनाई छ ।

त्यसैगरि सार्वजनिक खरिद अनुमगन कार्यालयले तयार पारेको स्ट्याण्डर्ड बिडिङ्ग डकुमेन्टको आधारमा रहेर न्यूनतम योग्यता तयार पारिएको सोहि आधारमा राष्ट्रिय बोलपत्र आब्हान गरिएको जानकारी गराएको छ ।

सो बोलपत्रमा प्रस्तावित कम्युटर डेल न्यू भोस्ट्रो ३६७१ डेस्कटप ९ औं पुस्ताको इन्टेल कोर आई सेभेन ९७०० (Dell New Vostro 3671 Desktop, 9th Gen Intel@corei7-9700(8Core,12 MB Cache, up to 4.1 GHz with Intel@turbo) रहेको र उक्त कम्युटरको मूल्य निर्माताको वेबसाइटमा समेत प्रस्ट लेखिएको हुँदा सो कार्यमा अनियमितता भएको भनि सम्प्रेषित समाचारमा कुनै सत्यता नभएको प्राधिकरणका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरा विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Sajilo Visa

प्रकाशित: २८ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया